आज बिहान पनि एउटा पराकम्प ।

आज बिहान पनि एउटा पराकम्प ।

  • शनिबार, जेष्ठ २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

काठमाडौं, जेठ २३ ।

गत वैशाख १२ को विनाशकारी भूकम्प पछि आएका पराकम्पन विस्तारै कम हुदै गएपनि रोकिएको भने छैन । यसैक्रममा झान्डै १२ घण्टापछि आज बिहान एउटा पराकम्प गएको छ ।

बिहान २ बजेर ३३ मिनेटमा सिन्धुपाल्चोक र तिब्बतको सिमा क्षेत्र केन्द्रविन्दु भएर ४ दशमलव २ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि हिजो दिउँसो २ बजेर १६ मिनेटमा काठमाडौं केन्द्रविन्दु भएर ४ रेक्टर तथा १० बजेर २ मिनेटमा सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको  पराकम्प गएको थियो ।

बैशाख १२ यता हालसम्म गतेदेखि अहिलेसम्म ४ म्याग्नेच्युटन्दा बढीका ३ सय वटा परकम्प गैसकेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार हालसम्म ४ रेक्टर स्केल भन्दा मुनिका दैनिक २ सय भन्दा बढी परकम्प गइरहेका छन् ।

ठूलो भूकम्पपछि ससाना पराकम्प आउनु स्वभाविक भएको अधिकारीले बताउनुभयो । यसअघि १९९० सालको महाभुकम्पपछि पनि धेरै दिन परकम्प गएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी