चार दलद्धारा सर्वदलिय बैठक आव्हान

चार दलद्धारा सर्वदलिय बैठक आव्हान

  • शुक्रबार, जेष्ठ २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

काठमाडौ, २२ जेठ ।

प्रमुख चार दलले संविधानका विवादित विषयमा राय सुझाव लिन शनिबार दलहरुको बैठक बोलाएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको चार दलका शीर्ष चार नेताको बैठकले सबै दलको सुझाव लिएर सहमतिको प्रस्ताव तयार पार्ने सहमति गरेका हुन् ।

शनिबार विहान बालुवाटारमा ९ बजे बोलाइएको बैठकको समन्वय सरकारले गर्नेछ । संघीयतामा चार दलबीच ६ वा ८ प्रदेशको विकल्पमाथि छलफल भइरहेको छ ।

माओवादीले भौगोलिक पहिचानसहितको ८ प्रदेशको प्रस्ताव अघि सारेको छ । कांग्रेस र एमालेले भने नामांकन प्रदेशसभाले गर्ने र सीमांकन आयोगले गर्ने गरी ६ प्रदेश बनाउनु पर्ने अडान लिँदै आएका छन् ।

चार दलले संविधानसभाको २५ गतेको बैठक बस्नु अघि नै सहमति गर्ने प्रतिवद्धता जनाएका छन् । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमतिका साथ संविधान बन्ने बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी