काठमाडौं, जेष्ठ २२ ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले राष्ट्रिय सरकार बनाउन खोजे देशमा राजनीतिक संकट अझै चुलिने दाबी गर्नुभएको छ ।
आज राजधानीमा भएको कार्यक्रममा अध्यक्ष थापाले ‘दुई तिहाइ बहुमतबाट बनेको अहिलेको सरकार नै सहमतिको भएको’ भन्दै अहिले सरकार बनाउने र गिराउने समय नभएको बताउनु भयो ।
राष्ट्रिय विपत्तिको सामना गर्न सबै एकजुट भएर लाग्नुपर्ने भन्दै उहाले राष्ट्रिय सरकार बनाउँदा संसद कमजोर हुने र पुनःनिर्माणको काम अलपत्र पन बताउनु भयो ।
भूकम्पपीडितको उद्धार र राहतका नाममा धर्मपरिवर्तन गराउने खेल भैरहेको भन्दै उहाले त्यस्ता गतिविधिको सबैले कडा विरोध गर्नुपर्ने पनि बताउनु भयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline