काठमाडौं, २२ जेष्ठ ।
व्यवस्थापिका संसदअन्तर्गतको विकास समितिको बैठकले शक्तिशाली भूकम्पले क्षति र्पुयाएको बस्तीका बासिन्दालाई अन्यत्र सार्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।
आज बिहान सिंहदरबारमा बसेको बैठकले वर्षा सुरु हुनुअघि नै जोखिम क्षेत्रका बासिन्दालाई अन्यत्र नसारे राज्यले थप क्षती व्यहोर्नुपर्ने चेतावनी पनि दिएको छ ।
भूकम्पको कारण राजमार्गहरुको अवस्था कमजोर बनेको र वर्षासँगै थप समस्या उत्पन्न हनुसक्ने भएकाले बेलैमा त्यस क्षेत्रको अनुगमन गरी विज्ञहरुको टोली पठाउन समितिले ध्यानाकर्षण गराएको छ ।
यसैगरी, पुनःस्थापना र पुनःनिर्माणका लागि प्राप्त सहयोगको अविलम्व परिचालन गर्न पनि समितिले जोड दिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline