आज विश्व वातावरण दिवस (प्रधानमन्त्री कोइरालाद्धारा शुभकामना व्यक्त )

आज विश्व वातावरण दिवस (प्रधानमन्त्री कोइरालाद्धारा शुभकामना व्यक्त )

  • शुक्रबार, जेष्ठ २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.4K
    SHARES

काठमाडौ ,२२ जेठ ।

आज विश्व वातावरण दिवस । एउटै पृथ्वी, सात अर्ब सपना, दिगो उपभोग, हाम्रो चाहना भन्ने नारा सहित विश्वभर मनाइदैछ । नेपालमा पनि वातावरणीय क्षेत्रमा काम गर्ने संघ संस्थाले दिवसको अवसरमा विविध कार्यक्रमको आयोजना गरिएको छ ।

पर्यावरण प्रति विश्व स्तरमा राजनैतिक र सामाजिक जागृति ल्याउने उद्देश्यले हरेक वर्ष जुन ५ मा यो दिवस मनाइन्छ । सन् १९७३ जुन ५ मा संयुक्त राष्ट्रसंघको अह्वानमा पहिलो पटक यो  दिवस मनाउन सुरु गरिएको हो ।

दिवसको अवसरमा प्रधानमन्त्री सुशील कोइरालाले शुभकामना सन्देश दिनुभएको छ ।

उहाँले बैशाख १२ गतेको भूकम्प र त्यसपछिको पराकम्पनका कारण वातावरणमा निकै ठूलो समस्या आएकोमा दुःख व्यक्त गर्नुभएको छ ।

यसले प्राकृतिक वातावरण एवं स्रोतहरुमा भविष्यमा गम्भिर असर पर्ने भएकाले सबैलाई सचेत हुन उहाँले आग्रह गर्नुभयो ।

प्रधानमन्त्री कोइरालाले एकको असल प्रयासले प्रकृति संरक्षण हुने भएपनि गलत अभ्यासले विनास निम्त्याउने भन्दै पृथ्वीलाई माया गर्नुपर्ने बताउनुभयो ।

वैशाख १२ गतेको भूकम्पका कारण नेपाललाई सन् २०२२ सम्ममा अल्पविकसित मुलुकबाट विकासोन्मुख मुलुकमा रुपान्तरण गर्ने योजनामा चुनौती थपिएको उहाँको भनाई छ ।

त्यसैले अबका दिनमा सबैले आप्mनो ठाउँबाट वातावरणको संरक्षण, प्राकृतिक स्रोतहरुको बुद्धिमतापूर्ण उपयोग, खाद्य पदार्थ, पानी र उर्जाको बचत, फोहोरमैलाको उत्सर्जनमा कमी, स्रोत साधनको पुनः प्रशोधन र प्रयोग लगायतका वातावरण संरक्षण हुने काम गर्नुपर्नेमा प्रधानमन्त्री कोइरालाको जोड छ ।

विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयका सचिव डा. कृष्णचन्द्र पौडेलले भूकम्पका कारण भविष्यमा हिमताल फुट्ने, भूस्खलन, बाढी र रोगव्याधीको खतरा हुने देखिएकाले सतर्क हुन आग्रह गर्नुभयो ।

त्यसबाट बच्न अहिले देखि नै बाटो, पानी, हावा, उर्जा तथा कृषि, वनजंगल र जैविक विविधताको संरक्षण गर्नुपर्ने उहाँले बताउनुभयो ।

वातावरण र विकास एकआपसमा पर्यायवाची र परिपूरक भएकाले वातावरण मैत्री विकास अपरिहार्य भएको उहाँको भनाई छ ।

सचिव पौडेलले अहिलेको आवश्यकतासँगै हाम्रा सन्ततिको स्वच्छ र सुरक्षित वातावरणमा बाँच्न पाउने नैसर्गिक अधिकारलाई सुनिश्चित गर्न आजैदेखि वातावरण संरक्षणमा अग्रहर हुन सबैलाई आग्रह गर्नुभएको छ ।

दिवसको अवसरमा प्रकृति संरक्षण कोष सदर चिडियाखाना तथा हरियो वन कार्यक्रमले आज प्रकृति र भूकम्प शीर्षकमा चित्रकला कार्यशाला तथा प्रदर्शनीको आयोजना गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी