शिक्षा कार्यालयको घर भाडामा लिने विषयमा चर्को  विवाद

शिक्षा कार्यालयको घर भाडामा लिने विषयमा चर्को  विवाद

  • शुक्रबार, जेष्ठ २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

 जाजरकोट, २१ जेठ ।

जाजरकोट जिल्ला शिक्षा कार्यालको घर भाडामा लिने विषयमा चर्को राजनीति हुन थालेको छ ।

गत बैसाख १२ र २९ गते आएको महाभुकुम्पले जिल्ला शिक्षा कार्यालय रहेको घर चर्किएर जोखिम अवस्थामा पुगेपछि अफिस सञ्चालनको लागी अर्को घरको खोजी गर्नु पर्ने स्थिति श्रृजना भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

आ–आफ्नो घर भाडा दरको कवोल अंक पेस गर्ने अन्तिम मितिले आज तीन दिन विति सक्दा पनि राजनैतिक हस्तक्षेपका कारण दरभाउ पत्र नखोलिएको स्थानिय प्रकाश चन्दले वताए ।

चन्दले राजनैतिक हस्तक्षेपका कारण कार्यालयले उपयुक्त वातावरणमा काम गर्न नसक्ने अवस्था भएकोमा दुःख व्यक्त गरे ।

अफिस राख्नका लागी भन्दै कार्यालयले घर भाडा निर्धारण गर्न भनि सात दिने १३ गते नै सुचना टाँस गरेको थियो ।

सुचना टाँस गरेको मितिले सात दिन १९ गते सम्म ७ जना घर मुलिले आ–आफ्नो घर भाँडा दरको कवोल अंक पेस गरेको जिल्ला शिक्षा कार्यालयले जानकारी दिएको छ ।

घर भाडा निर्धारण समितिमा प्रमुख जिल्ला अधिकारीको संयोजक सदस्यहरुमा कोष तथा लेखा नियन्त्रण कार्यालय प्रमुख, जिल्ला प्राविधिक कार्यालय प्रमुख र जिल्ला शिक्षा कार्यालय प्रमुख रहने प्रावधान छ ।

तर जिल्ला शिक्षा कार्यालयलाई आफु उपयुक्त स्थानमा लिनका लागी राजनैतिक नेताहरुको निकै दौडधुप चलिरहेको छ ।

कार्यालय राख्नलाई भन्दै आफु उपयुक्त स्थानका घरहरुलाई निकै हतारपूर्ण स्थितिमा मर्मतसुधार गर्न लगाईएको श्रोतको दावी छ । विगतमा पनि जिल्ला मालपोत कार्यालय अर्काे घरमा सार्ने विषयमा विवाद सृजना हुदा विवादले निकै ठुलो रुप लिएको थियो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी