अपहरणको १० दिनपछि बालक मृत फेला

अपहरणको १० दिनपछि बालक मृत फेला

  • शुक्रबार, जेष्ठ २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाडौ, २२ जेठ ।

अपहरणको १० दिनपछि सिरहाका एक बालक मृत अवस्थामा भेटिएका छन । सिरहा सुखिपुर–६ दहीपैरीका १० वर्षीय श्रवणकुमार भण्डारी गत जेठ ११ गते अपहरणमा परेका थिए ।

उनको शव छिमेकी गाविस मोहनपुर कमलपुर–३ मा हत्या गरी वैसाखास्थित धान खेतमा गाडिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

बालक अपहरणमा परेको भोलि पल्टदेखि नै अपहरणकारी समूहले फिरौतीबापत बालकको परिवारसँग २० लाख रुपैयाँ माग थिए ।

ईलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएका प्रहरी टोलीले बालकको शव उत्खनन् गरेको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको र अपहरणकारीको खोजी जारी रहेको प्रहरीले जनाएको छ । आपसी विवादका कारण उनको अपहरणको नाटक गरिएको भएपनि अपहरणकै बेला हत्या गरिएको हुन सक्ने स्थानीयले अनुमान गरेका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी