प्रमुख चार दलको बैठक आज पनि बस्दै

प्रमुख चार दलको बैठक आज पनि बस्दै

  • शुक्रबार, जेष्ठ २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाडौ, २२ जेठ ।

संविधानका अन्तरवस्तुमा सहमति जुटाउन छलफललाई तीव्रता दिएका प्रमुख चार दलको बैठक आज पनि बस्दैछ ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान दश बजेपछि बस्नेछ । ६ प्रदेशको संघिय संरचना जाने विषयमा केन्द्रित भएर दलहरुले छलफल अघि बढाएपनि प्रदेशको नामांकन र सिमांकनमा विवाद कायमै रहेको एमाले उपाधयक्ष भिम रावलले जानकारी दिनु भयो ।

उहाका अनुसार संघियता र निर्वाचन प्रणालीका विषयमा दलहरुबीच एकसाथ छलफल हुदैछ । प्रदेशको नामांकन र सिमांकन अहिले नै तोक्ने या आयोग मार्फत पछि समाधन खोज्ने भन्ने विषयमा आजको छलफल केन्द्रित हुने नेताहरुले बताएका छन् ।

६ प्रदेशमा जाँदा साझा पहिचानको नाम दिनुपर्ने एकिकृत नेकपा माओवादीको पहिलो शर्त रहेको छ । एमाओवदीले साझा पहिचानका आधारमा प्रदेशको नाम भए सिमांकनको विवाद आयोग मार्फत समाधन गर्न उल्लेख गरेको छ ।

कांग्रेस एमालेले भने नामांकनको जिम्मा सम्न्धित प्रदेश सभालाई दिने र सिमांकनको विवाद संघिय आयोग मार्फत टुङ्गो लगाउनु पर्नेमा जोड दिदै आएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी