निजी क्षेत्रको छाता संगठनहरु बिच चुनावी चटारो सुरु

निजी क्षेत्रको छाता संगठनहरु बिच चुनावी चटारो सुरु

  • शुक्रबार, जेष्ठ २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाडौ, २२ जेठ ।

राज्यको पाँचौं अंग मानिने नीजि क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघमा अध्यक्षको चुनावको चटारो सुरु भएको छ। करिब आधा शताब्दि पुरानो संस्थाको नेतृत्व ग्ल्यामरसमात्र होइन चुनौतिपुर्ण पनि छ।

बैशाख १२ गतेको महाभूकम्प तथा त्यसपछि लगातारका पराकम्पनले जग नै हल्लाएको अर्थतन्त्रलाई कठिन समयमा नेतृत्व गर्न कम्मर कसेर लागेका आकांक्षीहरु सकेसम्म चुनाव नगरी सर्बसम्मत गर्ने मुडमा देखिएका छन्।

व्‍यावसायीहरु यदि सर्बसम्मत हुन नसकेमात्र चुनावमा जाने मानसिकता बनाइ रहेका देखिन्छन्। कार्यबाहक अध्यक्ष पशुपति मुरारकाका अनुसार नेपाल उद्योग वाणिज्य महासंघमा यसपटक विशेष परिस्थिती परेकोले सर्वसम्मत हुने संभावना छ।

गत वर्ष चैतमा भएको निर्वाचनबाट नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षमा प्रदिपजंग पाण्डे अध्यक्षमा निर्वाचित भएका थिए। तर उनी ३३ वर्ष पुरानो भ्रष्टाचारको मुद्दामा मुछिएका कारण अध्यक्ष पद रिक्त भएको हो।

पद रिक्त भएपछि वरिष्ठ उपाध्यक्ष पशुपती मुरारकाले कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका छन्। तर, उनी धेरै लामो समयसम्म कार्यवाहक बन्नु राम्रो सन्देश नजाने हुनाले चुनावद्धारा नयाँ अध्यक्षको ओजि सुरु भएको हो।

प्रजातन्त्रमा आवधिक चुनाव हुनु राम्रो कुरा हो। त्यसले नेतृत्व विकास तथा संस्थालाई झन् बलियो बनाउँछ। तर, साँंघुरिदो अर्थतन्त्र र नेतृत्वको संकटपुर्ण अवस्थामा चुनाव हुन लागेको भने यो पहिलोपल्ट हो।

यसपटकको चुनावले नीजि क्षेत्रमा ध्रुवीकरण बढाएर कमजोर हुने कि एकढिक्का भएर सरकारसंग हातेमालो गर्दै आर्थिक उन्नतीको आधारशिला तयार पार्ने त्यसको छिनोफनो गर्नेछ।

त्यतिमात्र होइन, यसपटकको नेतृत्प चयनको अभ्यास अर्थतन्त्रमा ७० प्रतिशत योगदान रहेको नीजि क्षेत्रको परिक्षा पनि हो। करिब आधा शताब्दि पुरानो संस्थाको नेतृत्व ग्ल्यामरसमात्र होइन चुनौतिपुर्ण पनि छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी