प्रधानमन्त्रीलाई राजीनामा गर्न एमालेको दबाब

प्रधानमन्त्रीलाई राजीनामा गर्न एमालेको दबाब

  • शुक्रबार, जेष्ठ २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौ, २२ जेठ ।

काठमाडौं स् सत्ता साझेदार एमालेले संविधानका अन्तरवस्तुमा सहमति भएलगत्तै प्रधानमन्त्री सुशील कोइरालाले राजीनामा गर्नुपर्ने दबाब दिएको छ।

कांग्रेसलाई सत्तामा डेढ वर्ष साथ दिएको एमालेले संविधानका अन्तरवस्तुमा दलहरू सहमतिनजिक पुगेपछि अबको सरकारको नेतृत्व आफूले पाउनुपर्ने दाबी गर्दै आएको छ ।

कांग्रेससँग भएका पछिल्ला वार्ताहरूमा एमालेले संविधानका अन्तरवस्तुमा सहमति भएलगत्तै प्रधानमन्त्रीले राजीनामा गरेर राष्ट्रिय सहमतिको सरकार गठनको मार्गप्रशस्त गर्नुपर्ने नयाँ माग राख्दै आएको हो।

सत्ता समीकरणमा प्रमुख प्रतिपक्षी दल एमाओवादीसँग नजिकिएपछि एमालेले कांग्रेसलाई सरकारको नेतृत्व छोड्न दबाब दिएको हो। एमालेको यस्तो मागलाई प्रतिपक्षी एमाओवादीले पनि साथ दिएको छ।

’एक वर्षमा संविधान पनि जारी नहुने, सहमति पनि नहुने र त्यसको लाभ प्रधानमन्त्री सुशील कोइरालाले लिन मिल्दैन’, एमाले मुख्य सचेतक अग्नि खरेलले भने, ’एक वर्षमा संविधान जारी गर्ने लिखित सहमति भएको हो । संविधान निर्माण नभएको लाभ कांग्रेसले मात्रै लिने भन्ने सहमति भएको छैन।’

सरकारबाट बाहिरिने एमालेको चेतावनीले प्रधानमन्त्री संविधानमा सहमति जनाएपछि सरकार छाड्‍ने विषयमा लचक हुन थालेको स्रोत बताउँछ।
यसअघि कांग्रेस र एमालेबीच सरकार निर्माणका क्रममा एक वर्ष्भित्र नयाँ संविधान जारी गरेर सरकारको नेतृत्व एमालेलाई दिने सहमति भएको थियो ।

सरकारबाट बाहिरिने एमालेको चेतावनीले प्रधानमन्त्री कोइराला दलहरूबीच संविधानका अन्तरवस्तुमा सहमति भएपछि सरकार छाड्ने विषयमा लचक हुन थालेको स्रोतको दाबी छ।

प्रधानमन्त्री कोइराला सकभर पार्टीको तेह्रौं महाधिवेशनसम्म सरकारमै बस्न चाहन्छन । पछिल्लो समय विपत्तिपछि सरकारको ’परफरमेन्स’ मा विदेशीले समेत प्रश्न गर्न थालेपछि कोइराला अप्ठ्यारोमा परेका छन्।

सरकारको नेतृत्वको आलोचना बढ्न थालेपछि एमाले अध्यक्ष केपी ओलीले प्रतिपक्षी दल एमाओवादीसँग सत्ता समीकरणमा छलफल गरेर सरकार परिवर्तनको कसरत सुरु गरेका हुन । आजको अन्नपुर्ण पोष्टमा खबर छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी