काठमाडौं, जेठ २१
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले मुलुकमा जारी राजनीतिक परिस्थितिलाई निकास दिनका लागि तत्काल संविधानसभा अन्तर्गतको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिलाई सक्रिय बनाउन माग गरेको छ ।
बिहीबार सिंहदरबारमा बसेको पार्टीका केन्ऽीय सदस्य, कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले विद्यमान राजनितिक समस्या समाधानका लागि एक पटकका लागि संवाद समितिलाई नै मौका दिनुपर्ने ठहर गरेको हो ।
संविधानका विवादित विषयमा सहमति गर्दै राष्टिय सहमतिय सरकार गठनका लागि भन्दै निरन्तर संविधानसभाको बैठक सारी संविधानसभा बाहिर सहमति जुटाउन खोजिएको प्रति पनि राप्रपा नेपालले आपत्ति जनाएको छ ।
दुई तिहाइको समर्थन पाएको सरकारलाई असफल भयो भनेर विकल्प खोज्दा पनि ती दल मध्येबाटै नेतृत्व गर्ने भएकाले नेतृत्व र समिकरण परिर्वतनको कुनै अर्थ नरहने राप्रपाको ठहर छ ।
पछिल्लो समय राष्ट्रिय सहमतिय सरकार गठन, संविधानमा सहमति र पुन:निर्माणको विषयलाई प्याकेजमा सहमति गर्ने भन्दै प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत नेकपा माओवादी र मधेसी मोर्चाका नेताहरु छलफलमा सक्रिय हुादै आएका छन् ।