राहतमा गडबडी गर्नेलाई कारबाही गर्नु’: प्रधानमन्त्री

राहतमा गडबडी गर्नेलाई कारबाही गर्नु’: प्रधानमन्त्री

  • बिहिबार, जेष्ठ २१, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

जेष्ठ २२ काठमाण्डौं ।

प्रधानमन्त्री सुशील कोइरालाले भूकम्प पीडितहरुको लागि पेट काटेर दिएको सहयोग रकमको सदुपयोग नहुने बताउनु भएको छ ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भूकम्प पीडितहरुका लागि विभिन्न संघ संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिएको राहत रकम लिने क्रममा कोइराललो उक्त कुरा बताउनु भएको हो ।

दाताहरुलाई समेत राहतदेखि अस्थायी आवास निर्माण, पुनस्थापना र पुननिर्माणका चरण सम्म आर्थिक अनियमितता भए नभएको निगरानी गर्न आग्रह गर्नुभयो ।
आफुले सुशासन , पारदर्शिता, जवाफदेहिता, भ्रष्ट्राचार विरुद्ध शून्य सहनशिलता र मितव्ययितालाई उच्च प्राथमिकता दिएको बताउदै राहतमा गडबडी गर्नेलाई कारबाही गर्न निर्देशन बताए ।

साउथ एशियन रिजनल ट्रेड यूनियन काउन्सिलका अध्यक्ष लक्ष्मण बस्नेतले १० लाख १६ हजार ४ सय ५२ रुपैया ५० पैसाको चेक प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गरे ।
सो अवसरमा नेपाल ट्रेड यूनियन कंग्रेसका अध्यक्ष खिलानाथ दहालका साथै संयुक्त ट्रेड यूनियनका पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।

आजै हल्याण्डको रिचआउट टू नामक संस्थाका तर्फबाट अध्यक्ष लिसवेथ नाइजेलकर्कीले पनि ५ लाख रुपैया प्रदान गरेका थिए ।
काभ्रे र रसुवामा त्रिपाल,खाद्य सामग्री वितरण गरी अस्थायी टहरा समेत बनाएको रिचआउटको सहयोग हस्तान्तरणमा दिपकराज सापकोटा र दिनेश ढकाल लगायतको पनि उपस्थिति रहेको थियो ।

त्यस्तै करुणा फाउण्डेशनले बिहिबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५लाख रुपैया प्रदान गरेको छ । विकेन्ऽीकरण सहयोग समाजको तर्फबाट ५१ हजार रुपैया भूकम्प पीडितको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी