काठमाडौँ २१ जेठ।
अब स्काइपबाट नेपाल टेलिकम र एनसेलको मोबाइलमा निःशूल्क फोन गर्न सकिने भएको छ। स्काईपका अनुशार अब कल गर्दा कुनै पैसा नलाग्ने जनाएको छ ।
यो सर्त सहित जस्तो देखिएको छ किन कि फोन गर्ने मोबाइलमा इन्टरनेट अनिबार्य हुनुपर्ने छ । फोन रिसिभ गर्नेको मोबाइलमा इन्टरनेट नभएपनि हुन्छ।
त्यसका लागि तपाईँले स्काइपको फोन डायल गर्ने स्थानमा गएर सिधै कल गर्न सक्नुहुनेछ। इन्टरनेट डाटा प्रयोग गरेर फोन गर्न सकिने ब्यबस्था मिलाएको स्काईपले जनाएको छ ।
यो सुबिधा प्रयोगको हिसाबले सस्तो भए पनि सुरक्षाको हिसाबले अलि संबेदनशिल मानिएको छ । किनकि यस बाट फोन गर्दा कसले कुन नम्बरबाट कल गरेको हो भनेर कलर आइडी जादैन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline