प्रमुख दलहरुद्धारा आन्तरिक र द्धिपक्षीय छलफललाई तिब्रता

प्रमुख दलहरुद्धारा आन्तरिक र द्धिपक्षीय छलफललाई तिब्रता

  • बिहिबार, जेष्ठ २१, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौ, २१ जेठ
प्रमुख दलहरुले संविधानका विवादित अन्र्तबस्तु र सहमतिको सरकार गठन गर्ने विषयमा आन्तरिक र द्धिपक्षीय छलफललाई तिब्रता दिएका छन ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको काग्रेस पदाधिकारीको बैठकले संविधान जारी गर्ने विषयमा सकेसम्म लचिलो भएर प्रस्तुत हुने निष्कर्स निकालेको उपसभापति रामचन्द्र पौडेलले जानकारी दिनुभयो ।

पौडेलका अनुसार बैठकमा संघीयतामा ६ प्रदेश र ५ प्रतिसत थ्रेस होल्ड राख्ने विषयमा सबैको सहमती भएको छ ।

त्यस्तै आजै एमाले र एमाओवादीका शिर्ष नेताहरुवीच छलफल भएको छ । एमाले संसदीय दलको कार्यालयमा भएको छलफलमा एमाले अध्यक्ष केपी ओली, बरिष्ठ नेता माधवकुमार नेपाल, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र डा. बाबुराम भट्टराईको सहभागिता थियो ।

दुई दलवीच ६ प्रदेश र नामाङकन, सीमाङकन प्रदेश सभा वा विज्ञलाई जिम्मा दिने नभए थाति राखेर जाने विषयमा छलफल भएको थियो । उनीहरुवीच छिटो सहमति गरेर सहमतिको सरकार निर्माणमा लाग्नु पर्नेमा मत मिलेको बताईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी