आदिवासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठानको पहलमा चितवनमा भुकम्प पीडित सहयोग समिति गठन

आदिवासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठानको पहलमा चितवनमा भुकम्प पीडित सहयोग समिति गठन

  • बिहिबार, जेष्ठ २१, २०७२
  • मिर्मिरे अनलाइन

  • 12.4K
    SHARES

काठमाण्डौ ,२१ जेठ ।
आदिवासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठान जावालाखेलको पहलमा प्रतिष्ठानको मातहतमा रहनेगरी चितवनमाा भुकम्प पीडित सहयोग समिति गठन गरीएको छ । आदिवासी जनजती महासंघ चितवनका अध्यक्ष पदम बहादुर गुरुङको संयोजकत्वमा ९ सदस्यीय समिति गठन भएको हो ।
जसमा घननाथ महत्तो उप संयोजक , गोपिराम तामाङ , प्रम भुजेल ,सुरबीर मगर टेक बहादुर मगर ,भैकु गुरुङ ,लक्षमण चेपाङ र सन्तकुमार चौधरी सदस्य रहेका छन् ।

चितवन नारायणगणमा भुकम्प पीडित सहयोग तथा ब्यावस्थापन सम्बन्धी जनचेतनामुलक परामर्श कार्यक्रमपछि उक्त समिति बनाईएको हो ।

प्रतिस्ठानको आयोजनामा गरीएको सो कार्यक्रममा बोल्दै प्रतिस्ठानका सदस्य सचिव पिबी गोलेले भुकम्प पीडित आदिवासी ,जनजाति लगायत सबै पीडित समुदायको क्षतिको यकिन विवरण संकलन गरी राहत र पुनरस्थापनाको काममा कसी जान सकिन्छ भन्ने निक्र्योल गर्नका लागी २२ वटा जिल्लामा यस्ता समिति गठन गरीएको जानकारी दिनुभयो । ती जिल्लामा प्रतिस्ठानका आफ्ना शाखा नभएकोले यस्ता संयन्त्र बनाईएको बताउनु भयो ।

२२ वटै समितिले दुर्गम बस्तीहरुमा रहेका भुकम्प पीडित आदिवासी जनजातिको वास्तविक अवस्थाको अध्ययन गर्नेछन् ।

समितिले सुझाव दिएपछि सोहि आधारमा सहयोग कसरी गर्न सकिन्छ र आन्तरीक तथा बाह्य बैदेशीक सहयोग कसरी जुटाउन सकिन्छ भन्ने बिषयमा प्रतिस्ठानले योजना बनाई काम गर्ने छ ।

चीतवनमा भुकम्पबाट १० जनाको मृत्यु भएको छ । उत्तरी पहाडि क्षेत्रमा अधिकाशं चेपाङ तामाङ बस्ती रहेको र त्यहा राहत समेत नपुगेको पीडितले बताए ।
गाउ सम्म कर्मचारी नपुगेको र सहज तथा बाटोबाट मात्रै बिवरण संकलन गरेकोले सो क्षेत्रमा क्षतिको यकिन विवरण अझै आउन नसकेको उनीहरुले बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी