काठमाडौ २१ जेठ ।
संविधान सभाको बैठक आज बस्दैछ । अपरान्न ३ बजे नयाँ बानेश्वर स्थित संविधान सभा भवनमा बस्ने आजको बैठकमा दलहरुबीच सहमतिको अधारमा तय भएको एजेन्डका बारेमा छलफल हुदैछ । यसअघि संविधान सभामा प्रस्तुत हुने सहमतिको एजेन्डका बारेमा छलफल गर्न प्रमुख चार राजनितिक शक्तिहरुको बैठक बस्दैछ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा प्रमुख दलहरुको बैठकमा नयाँ संविधान , पुनरनिर्माण र राष्ट्रिय सरकारका विषयमा छलफल गरी एजेन्ड तयार गर्ने बताइएको छ । यी तीन ओटै विषयलाई प्याकेजमै टुङ्ग्याउन संविधान सभा अध्यक्ष सुवासचन्द्र नेमवाङले दिनु भएको समयसीमा आजै सकिने भएकाले निर्णयक छलफल गर्न लागिएको एमाले वरिष्ठ नेता झलनाथ खनालले बताउनु भयो ।
उहाका अनुसार निर्वाचन प्रणाली बारे सहमति जुटिसकेको र अन्य विषयमा पनि सकारात्मक छलफल भइरहेकाले विवदित विषयमा सहमति जुट्ने संभवना बढी छ । यसैबीच संघिय संरचनामा एकिकृत नेकपा माओवादी सहितको ३० दलीय मोर्चाले ५ देखि ८ प्रदेश बनाउने नमांकण गरेर जाने र विवदित प्रदेशको नाम प्रदेश सभाले राख्ने शर्त राखेको छ भने सत्तारुढ कांग्रेसले ६ र एमालेले ७ प्रदेशको प्रस्ताव अघि सारेको छ ।