काठमाडौ, २१ जेठ ।
गत बैसाख १२ गते गएको महाँ शक्तिशाली भुकम्प पश्चात उद्धार र राहतका लागि नेपाल आएको भारतीय सेनाको अन्तिम टोली हेलिकोप्टर सहित यो साताभित्रै फर्कने भएका छन् ।
जहाजका पाइलटहरू, इन्जिनियरहरू, अन्य प्राविधिक र तिनका सहयोगी सैनिक सहित नेपाल आएका भारतीय सैनिकहरूको अन्तिम टोली एक हप्ता भित्र स्वदेश फर्कन लोगेको नेपाली सेनाले जनाएको छ ।
काठमाडौं र पोखरा विमानस्थलमा एयर बेस बनाएर राहत र उद्धार कार्यमा खटाइएका जहाजहरूमध्ये अहिले ६ वटा काठमाडौंमा रहेको सैनिक स्रोतले बताएको छ ।
जसमध्ये तीनवटा एमआई १७ हेलिकोप्टर भारतीय वायुसेनाका छन् भने तीनवटा अल्ट्रा लाइट हेलिकोप्टर भारतीय आर्मी एभिएसनका छन एउटा जहाज प्राविधिक गडबडी भएपछि मर्मतका क्रममा छ।
भारतीय सैनिक कमान्डरले नेपाली सेनालाई आफ्नो अन्तिम टोली फर्कने क्रममा रहेको जानकारी गराइसकेको सैनिक प्रवक्ता सहायकरथी जगदीशचन्द्र पोख्रेलले बताउनु भयो ।
विपत्को बेला थुप्रै देशका सैनिक उद्धारका लागि आए पनि अब फर्कन बाँकी अन्तिम टोलीमा भारतका ६९ जना र क्यानाडाका सातजनामात्र छन् । क्यानाडेली सेनाको टोली दुई दिनभित्रै नियमित उडानबाट फर्कने जनाइएको छ ।