सरकारले सरकारी जग्गामा बसेका भूकम्प प्रभावितहरुलाई उठाउने

सरकारले सरकारी जग्गामा बसेका भूकम्प प्रभावितहरुलाई उठाउने

  • बुधबार, जेष्ठ २०, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

काठमाण्डौ, २० जेठ ।
सरकारले अबको १० दिनभित्र सरकारी जग्गामा बसेका भूकम्प प्रभावितहरुलाई उठाउने भएको छ ।

अहिले गाउँबाट विस्थापित भएर सदरमुकाम वा शहरका सरकारी जग्गामा बसेकाहरुलाई अब हप्ता १० दिनमा आफ्नै गाउँ फर्काउने तयारी गरेको छ । भूकम्प प्रभावितहरु पहिरोका कारण बस्न नसकिने भन्दै शहरतिर झर्न थालेपछि सरकारले नीतिगत व्यवस्थासहित घर फर्काउन थालेको छ ।

भूमिसुधार तथा व्यवस्था मन्त्रालयका प्रवक्ता नागेन्द्र झाले सरकारले २१ प्रकारको भूमि व्यवस्थापन सहित निश्चित ठाउँ रोजि सकेकाले ती ठउँमा बसाउने बताउनुभयो । उहाँले अबको एक हप्तामा ती ठाउँहरुबारे जानकारी दिने र त्यसमा जान आह्वान गर्ने बताउनुभयो ।

भूकम्प प्रभावितहरु अहिले धेरै जसो सरकारी जग्गामा सामुहिकरुपमा बसिरहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी