किरात राई पत्रकार संघद्वारा पत्रकार गुरुङलाई आर्थिक सहयोग

किरात राई पत्रकार संघद्वारा पत्रकार गुरुङलाई आर्थिक सहयोग

  • बुधबार, जेष्ठ २०, २०७२
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

काठमाडौं, १९ जेठ । किरात राई पत्रकार संघले वरिष्ठ पत्रकार चुनबहादुर गुरुङलाई आर्थिक सहयोग गरेको छ । किरात राई पत्रकार संघ अध्यक्ष दीपेन्द्र राईले वरिष्ठ पत्रकार गुरुङलाई ११ हजार रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेका हुन् ।
एकलाई दु:ख पर्दा अर्का पत्रकारले सघाउनु मानवीय दायित्व भएकाले आदिवासी जनजाति समुदायका अग्रज पत्रकार गुरुङलाई आर्थिक सहयोग गरेको संघ अध्यक्ष राईले बताए । आर्थिक सहयोग ग्रहण गर्दै पत्रकार गुरुङले सञ्चारकर्मीले वर्षमा एकपटक स्वास्थ्य जाँच गराउन सुझाए । उनले सञ्चारकर्मीलाई मात्रै नभएर जोकोहीसँग भेटघाट हुादा बर्सेनि स्वास्थ्य जााच गराउन आग्रह गरेको बताए ।
वरिष्ठ पत्रकार गुरुङको भारतको एपोलो अस्पतालबाट मिर्गाैला प्रत्यारोण गरिएको हो । करिब दस वर्ष सक्रिय पत्रकारिता गरेका उनी ज्वाला साप्ताहिकका प्रकाशक तथा सम्पादक हुन् ।
किरात राई पत्रकार संघ महासचिव प्रकाश खालिङले पत्रकार गुरुङको स्वास्थ्यलाभको कामनासहित गुरुङको आगामी दिन झन् सक्रिय बनोस् भन्दै शुभकामना दिएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी