१९ जेष्ठ काठमाण्डौं ।
पशु चिकित्सकहरुको छाता संस्था भेटनरी एसोसिएसन नेपाल ( नेभला ) को अगुवाईमा भोली बुधबार रामेछाप र दोलखामा भूकम्प प्रभावित पशु पंक्षीहरुको उपचार तथा उद्धार गरिदै छ ।
नेभलाका पूर्व अध्यक्ष लोकराज भुषालको नेतृत्वमा प्राविधिक टिम सहित पुगेर त्यस्तो उपचार र उद्धारको कार्यमा खटिन लागेको हो ।
टोलीले करीब ४ लाख बराबरको पशुपक्षीको औषधी सहित स्वयसेवामा खटिन लागेको पूर्व अध्यक्ष भुषालले जानकारी दिनु भयो ।
टोलीमा टेक बहादुर ऐर, ईश्वर घिमिरे, डम्बर बम सहित सहभागी हुने पनि जानकारी दिईएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline