हिमाल पारिको जिल्ला मुस्ताङको मार्फा गाविस–१, २, ३ र ४ वडामा मध्यरातमा बाढी पस्दा २६ घरमा क्षति पुगेको छ भने गाउँलेको भागाभाग भएको छ ।
गयराति परेको मुसलधारे वर्षाका कारण नजिकै रहेको ठाडो खोलामा आएको बाढी गाउँमा पस्दा उक्त घरमा क्षति पुगेको हा । बाढीले स्थानीयबासीको माटोले निर्माण गरेका घरमा बढी क्षति र्पुयाएको प्रहरीले जनाएको छ ।
बाढीले लत्ताकपडा, भाडाकुडा र अन्नबालीमा भिजाएको स्थानीयले निरज थकालीले जानकारी दिनुभयो । उहाँका अनुसार, तीब्र हावासंगै आएको बर्षाले गाउँमा अधिकाँश घरमा क्षति पुर्याएको छ । मार्फालाई स्याउको गाउँ भनेर पनि चिनिन्छ । त्यहाँ अधिकाँश सर्वसाधारण स्याउ खेतीमा आबद्ध रहेका छन् ।
गाउँमा बाढी पसेको खबर आएपछि मंगलबार बिहानै बसेको जिल्ला दैवी प्रकोप उद्धार समितिले वैठक बसेर घटनाको विस्ततृ अध्ययन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी नरहरी बरालले जानकारी दिनुभयो ।

घरभित्रको ढंगा र माटोलाई हटाउन स्थानीयबासीका साथै नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरि करिब एकसय सुरक्षाकर्मी मार्फामा खटेका छन् ।
दुईभित्र सबै घरभित्रको बालुवा र ढुंगा निकालिसक्ने बताइएको छ । तर ठाडो खोलामा आएको बाढीकै कारण बेनी–जोमसोम सडकखण्ड पूर्ण रुपमा अवरुद्ध बनेको छ ।
