नेपाल चलचित्र प्राविधिक संघले असारमा आठौ नेफ्टा फिल्म अवार्डे आयोजना गर्ने भयको छ । जसका लागि चलचित्र दर्ता गर्ने प्रक्रिया सुरु गरिएको संघले जनाएको छ । भुकम्पले सुस्तायको चल्चित्र क्षेत्रलाई नेफ्टा फिल्म अवार्ड ले फेरी माहोल सुधार गर्ने आयोजक नेपाल चलचित्र प्राविधिक संघको दाबी रहेको छ ।
संघका अध्यक्ष मनोज केसीका अनुसार वि।सं २०७१ साल वैशाख १ गतेदेखि चैत्र मसान्तसम्म प्रदर्शनमा एका चलचित्रले महोत्सवमा सहभागी हुन पाउनेछन् । असारको अन्तिम सातामा चलचित्र महोत्सव गर्ने संघको भनाई छ ।
महोत्सवमा हरेक विधामा उत्कृष्ट ५ को छनोट गरि ‘आठौ नेफ्टा फिल्म अवार्ड’मा सहभागी गराइनेछ । नेपाली चलचित्रको विकास, विस्तारका लागि चलचित्र महोत्सव र त्यसपछि अवार्ड आयोजना गर्ने नेफ्टाको भनाई छ । यसपटकको अवार्ड समारोह पनि देश बाहिर नै हुने संघको भनाई छ । नेफ्टाले यसअघिका २ अवार्ड मलेसिया र हङकङमा गरेको थियो ।
चलचित्र महोत्सवबाट उठेको रकम ‘चलचित्र प्राविधिक संघ कल्याणकारी कोष’मा जम्मा गरिने महासचिव अनन्त तिमिल्सिनाले बताए ।