ललितपुर जिल्ला गोदामचौर नगरपालीका वडा नं २ मा दलित घर लगभग ८२ रहेको छ । १२ गते गएको विनाशकारी भुकम्पले ४० घर पुर्ण रुपमा क्षति भएको छ भने केही चर्केका घरहरु थिए त्यस घरहरु पनि २९ गतेको पराकम्पनले क्षति वनायो ।
कृषिपेशामा निर्भर रहेका त्यस वस्तीका दलितहरुलाई अझै सम्म पनि केही राहत पुग्न सकेको छैन । त्यस ठाउामा जति पनि राहत आए तर दलित समक्ष पुग्न सकेको छैन । राहतमा पालहरु आए पनि दलितहरु समक्ष पुग्न सकेको छैन । हामी दलितहरु गोलभेडा खेती गर्ने भएकाले पालको अभावमा गोलभेडा छोप्ने पल्यास्टीकले पाल वनाएर वसेका छौं भने एउटै पालमा धेरैजनाको परिवार मिलेर वसेका छौं । स्थानीवासी भन्छन् ।
सरकारबाट अहिले सम्म कुनै राहत आएको छैन जति पनि राहत आए संध–संस्थावाट आएको छ भन्छन् स्थानीय, दलित अधिकारकर्मी राज परियार । सदियौ देखि जातिया विभेद खेप्दौ आएका दलित समुदायहरु यस्यो अवस्थामा पनि जतिय विभेद सहदै आउनु परेको भन्दै उनीहरुले दुख पोखेका छन् ।
स्थानीय वासीन्दा ८२ वर्षका गोविन्द नेपाली भन्छन्, मेरो घर भत्कीएको छ राहत आएको छ कि छैन मलाई थाहा छैन । आयो भने के आउछ आउदैन मलाई थाहा छैन । सरकारले के दियो के दिएन मलाई थाहा छैन । अहिले सम्म मेरो घरमा केही आएको छैन । भुकम्प पछिको अनुभव सुनाए ।
म भित्र सानो नातिलाई सुताई राखेको थिए । भुईचालो आउने वितिकै म वाहिर निस्कन सकिन । बुढो मान्छे हिड्न नि सक्दीन मर्छु कि वाच्छु भन्ने केही थाहा थिएन तर कान्छी वुहारी आएर मलाई वाहिर निकालिन् । भुईचालो दक्षिण तिरबाट गएको भन म मर्ने थिएा तर उत्तर तिर गएकोले म बॉचे । अहिले पनि घरमा जान हिम्मत गरेको छैन । गोविन्दले अनुभव सुनाए ।
सुत्केरी महिला वालवाललीका अनि विरामीलाई समेत यो भुईचालोले धेरै नै प्रभाव परेको छ । यसै गरि रुपा दुतराज भन्छिन् मेरो आमा विरामी हुनुहुन्छ वाहको २ वटा मृगौला फेल भएको छ । डाईलसीस गराईराख्नु पर्छ । यस्तो अवस्थामा पालमा राख्न निमोनिय हुन्छ र ईन्फेक्सनको सम्भावना पनि हुन्छ । हामी अरुको घरमा बसी राखेका छौ । आमालाई राम्रोसंग राख्न एउटा छाप्रो चाहिएको छ ।
राजनितिक दलका कार्यकर्ताहरुले ईन्जीनियर ल्याएर आफ्नो घर देखाउने गरेका छन् भने गरीब समुदायको घरमा कुनै पनि ईन्जिनियर गएका पनि छैनन् र घर जाच गरेका पनि छैनन भन्छन स्थानीयवासीहरु ।
यसै गरि दलित नागरिक समाजका– श्याम कुमार रोक्का भन्छन् कसैको घरमा ३ ,४ वटा पाल पुगेका छ भने कसैको घरमा १ वटा नी पुगेको छैन । जसको घरमा ४, ४ वटा पाल पुगेको त्यसको घरमा गहुा छोपेर राखेको छ ।
यस्तो अवस्थामा राजनितिक दलहरुले पक्षपात ,जातपात ,कृपाावाद नगरीकन राहत वितरण गरे राम्रो हुने थियो भन्ने ती समुदायलाई लागेको छ ।
लालिगुराास क्लवका सल्लाहकार देवेन्द्र सिलवालले वडा २ मा दलित वस्ती धेरै छ यो बस्तीमा पाल पुर्याउन नसकेको स्वीकार गरे ।
त्यस क्षेत्रमा घर भत्किनेले भन्दा नभत्किएकाले धेरै राहत लिएको देखिएको पनि स्थानीयको गुनासो छ ।
कहिले भुकम्पको अनुभव नगरेका ४ कक्षामा अध्यनरत सोसल परियार भन्छन् “भुकम्प आउादा म घरमा एक्लै टिभि हेर्दै थिए । घरहरु हल्यिो लाईन नि गयो अनि म सिरकले मुख छोपेर सुते त्यस पछि घरको भित्ता भत्किए पछि म हाम फालेर वाहीर निस्कीए । भुईचाले आउादा हामी खुल्ला ठाउामा सुरक्षित भएर वस्नु पर्ने रहेछ भन्ने कुरा सिके ।”
भूकम्पले सामान सवै पुरिए पछि वच्चाको लुगा भनौ वा आफ्नै लगाउने लुगा सवै पुरिएको छ यो बेलामा वच्चाको लुगा धेरै चाहीने वा सुत्केरी महिलालाई फेरफारको लागि समेत धेरै कपडा चाहिने हुदाा समस्या धेरै छ भन्छिन् ४ महिने सुत्केरी यमुना रम्तेल । बच्चा बच्चीको कपडा समेत नभएकी उनी अहिले अर्कैको पालमा बसिरहेकी छिन् ।
सरकारले सबैतिर समानुपातिक राहत वितरण गर्न किन कन्जुस्याई गर्ने ?


