काठमाडौ १९ जेठ ।
गोमा एयरको नाइन एन ए के वाई कलसाइनको विमान आज बिहान पोखरा विमानस्थलमा ठूलो दुर्घटना हुनबाट जोगिएको छ ।
जोमसोमबाट पोखरा तर्फ आउंदै गरेका विमान अवतरणका क्रममा अघिल्लो चक्का नखुलेपछि धावनमार्गमा चिप्लिएर सामन्य दुर्घटना भएको हो ।
विमानको अघिल्लो भागमा सामान्य क्षति पुगे पनि मानविय क्षति भने नभएको पोखरा विमानस्थल स्रोतले जनाएको छ । विमानमा चालक दलका सदस्य सहित १८ जना सवार थिए ।
विमान धावन मार्गमै रहेकाले पोखरा विमानस्थलमा सबै उडान बन्द गरिएको छ । गोमा एयरले गत जेठ १२ गतेदेखि पोखरा–जोमसोम उडान सुरु गरेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline
