जाजरकोट, १९ जेठ ।
जिल्ला सदरमुकाम खलंगामा सोमवार स्थानिय शान्ति प्रवद्र्धन र मेलमिलापका लागि एक कार्यक्रम सम्पन्न भएको छ ।
राष्ट्रिय शान्ति निर्माण कार्यक्रम अन्तरगत यार्सन जाजरकोटको आयोजना, कारीतास नेपालको आर्थिक सहयोग र स्थानिय शान्ति समिति जाजरकोटको सहकार्यमा सम्पन्न भएको थियो ।
जाजरकोटमा सन २०१२ जुलाइ देखी २०१५जुन सम्म द्धन्दवाट अति प्रभावित गाविसहरु खलंगा, डाँडागाउँ, मजकोटमा सन्चालन गरेका कार्यक्रमका उपलव्धि, चुनौतिका विषयमा छलफल गरिएको थियो ।
कार्यक्रममा कारीतास नेपालले जाजरकोट लगायत १० जिल्लामा शान्ति निर्माणका क्षेत्रमा सन्चालन गरीएका परयोजना र गतिविधीको वारेमा कारीतास नेपाल क्षेत्रीय कार्यालय कोहलपुरका व्यवस्थापक जनक शर्माले प्रष्ट पारेका थिए भने, यार्सन जाजरकोटले विगत २०१२ जुलाइ देखी हाल सम्म सन्चालन गरेका कार्यक्रम, उपलव्धी, चुनौती र खर्च भएको आर्थिक वजेटको विवरण यार्सन जाजरकोट जिल्ला कार्यक्रम व्यवस्थापक सहदेव बस्नेतले प्रस्तुत गरेका थिए ।
कार्यक्रमले स्थानिय सतरमा शान्ति प्रवर्धन र मेलमिलाप वातावरण निर्माणको लागी संरचनागत रुपमा शान्ति समुह, शान्ति वाल क्लव, शान्ति युवा संजाल र सहकारी निर्माण गरी काम गरीरहेको सहदेव वस्नेतले वताए ।
वस्नेतले शान्ति प्रवर्घन, मेलमिलाप मानवअधिकार, वाल अधिकार, मध्यस्थता, घुम्तीकोष मार्फत आयआर्जन र युवा तथा एकल महिलाहरुका लागी सीपमुलक तालीम तथा सपोर्ट गरीएका कार्यक्रम र उपलव्धिवारे कार्यक्रममा स्पस्ट पारे ।
उनले कार्यक्रम सञ्चालन भएका ३ वटा गाविसमा ६ सय ७ घर धुरीमा रहेका ५ हजार ५ सय ३५ जना द्धन्दपिडीतहरु लाभान्वित भएको विवरण पेश गरे । कार्यक्रम सञ्चालनका क्रममा २९ लाख ६३ हजार वजेट खर्च भएको जानकारी गराइएको थियो ।
शान्ति प्रकृया पुर्णरुपमा टुङगी नसकेको अवस्थामा यस कार्यक्रमले स्थानीय समुदायमा शान्ति र मेलमलिापको क्षेत्रमा राम्रो टेवा पर्याएको सहभागीहरु विश्लेषण थियो ।
नागरीक समाजका संयोजक एवं यार्सन जाजरकोटका सल्लाहकार राजेन्द्र विक्रम शाह को अध्यक्षता, स्थानिय शान्ति समितिका संयोजक पृथि वहादुर वुढाको पमुख अथीत्यतामा सम्पनन उक्त कार्यक्रमको समापन स्थानिय शान्ति समितिका सदस्य अम्वा कुमारी शाहीले गरेकी थिईन ।