काठमाडौं, जेठ १९ ।
वैशाख १२ को विनाशकारी भूकम्प पछि लगातार आइरहेको पराकम्प विस्तारै कम हुदैछ ।
हिजो बिहान ४ बजेर ३५ मिनेटमा सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको पराकम्प गएपछि आज बिहान सम्म चार रेकट भन्दा माथिका कुनै पनि पराकम्प नगएको राष्ट्रिय भूकमप मापन केन्द्रले जनाएको छ ।
त्यसअघि आइतबार दिउँसो १ बजेर ५४ मिनेटमा लमजुङ् केन्द्रविन्दु भएर ४ दशमलव २ रेक्टर स्केलको पराकम्प गएको थियो ।
यस्तै गत शनिबार ३ वटा पराकम्पन गएकोमा शुक्रबार ५ वटा गएको केन्द्रले जनाएको छ । पराकम्प आउने क्रम कम हुँदै गएपछि जनजीवन सामान्य बन्दै गएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline