त्रिपाल घोटाल प्रकरणबारे छानबिन गर्न प्रधानमन्त्रीको निर्देशन

त्रिपाल घोटाल प्रकरणबारे छानबिन गर्न प्रधानमन्त्रीको निर्देशन

  • मङ्लबार, जेष्ठ १९, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाडौ, १९ जेठ ।

भूकम्पपीडितका लागि सहरी विकास मन्त्रालयले खरिद गरेको त्रिपालमा व्यापक अनियमितता भएको सार्वजनिक भएपछि प्रधानमन्त्री सुशील कोइरालाले गम्भीर चासो देखाउँदै गहन छानबिनका लागि राष्ट्रिय सतर्कता केन्द्रलाई निर्देशन दिएका छन्।

प्रधानमन्त्रीको निर्देशनलगत्तै केन्द्रले सोमबार मन्त्रालयबाट त्रिपालसम्बन्धी फाइलहरू नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।

प्रधानमन्त्रीज्यूले त्रिपाल प्रकरणमा गम्भीर चासो देखाएर छानबिन गरी प्रतिवेदन बुझाउन निर्देशन दिनुभएको छु, शर्माले भने, ुहामीले आजैबाट छानबिन सुरु गरेका छौं। विपत्त समय भन्दै छोटो प्रक्रियाबाट मन्त्रालयले त्रिपाल खरिद गरेको थियो।

पाँच लाख थान त्रिपालमध्ये मन्त्रालय आफैंले १० हजार थान वितरण गरेको थियो। मन्त्रालयले वितरण गरेको त्रिपाल व्यापारीका गोदाममा समेत भेटिएका थिए।

मन्त्रालयसँग सम्झौता भएकोमध्ये वीरगन्जको भी मल्टी कन्सर्न प्राइभेट लिमिटेडले भारतबाट भित्र्याएको ट्रकमा पाँच सय ५५ बन्डलमा प्रतिबन्डल दुई थान गरेर एक हजार एक सय ५४ थान कम त्रिपाल भेटिएको थियो। एउटा बन्डलमा १२ थान त्रिपाल हुनुपर्नेमा १० थान मात्रै भेटिएको थियो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी