काठमाण्डौ, १८ जेठ ।
देशमा हालै आएको बिनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या ८,६९९ पुगको छ भने २२,४८९ जना घाइते छन् ।
गृहमन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार भूकम्पबाट ज्यान गुमाउनेहरुमा उपत्यकामा १ हजार ७ सय २९, पूर्व क्षेत्रमा ५८, मध्य क्षेत्रमा ६ हजार ४ सय ५५, पश्चिम क्षेत्रमा ४सय५५ र मध्य पश्चिम क्षेत्रमा २ जना रहेका छन् भने घाइते हुनेहरुमा उपत्यकामा १३ हजार ०१२, पूर्व क्षेत्रमा ४ सय ५२, मध्य क्षेत्रमा ७ हजार ७ सय ४५, पश्चिम क्षेत्रमा १ हजार २ सय ४२, मध्य पश्चिम क्षेत्रमा ३६ जना र सुदूर पश्चिम क्षेत्रमा २ जना रहेका छन् । मृतक ८६७१ जनाको शव आफन्तलाई बुझाई सकिएको छ । घाइतेमध्ये ४६५३ जना विभिन्न अस्पतालमा उपचाररत छन् ।
।
त्यस्तै कैयाौ स्वदेशि तथा बिदेशि नागरिक अझै बेपत्ता छन् । भग्नावशेष हटाउने, सरसफाई गर्ने, सुरक्षा गस्ती, उद्दार तथा खोज कार्य जारी रहेको र देशभर नेपाल प्रहरीबाट कुल ४४ हजार ६ सय २९ जना प्रहरी कर्मचारी परिचालित भएका जनाईएको छ । यसैबीच भूकम्पका पराकम्पन आउने क्रम कम हुादै गएको छ ।