काठमाण्डौ, १८ जेठ ।
राहतको जस्तापाता बेच्न लागेको आरोप लागेका अर्थमन्त्री डा. रामशरण महतका स्वकीय सचिव रमेश महतले पदबाट राजीनामा दिएका छन् ।
आज राजधानीमा पत्रकार सम्मेलन गरी उनले आफू र मन्त्रीलाई बदनाम गराउने प्रयास भैरहेकोले छानविनमा सहयोग गर्न राजीनामा दिएको बताएका छन् । उनले आफूमाथि लागेको आरोपमाथि निश्षक्ष छानबिन गर्न पार्टी र सरोकारवाला निकाय समक्ष आग्रह पनि गरेका छन् ।
यसअघि नेपाल ईन्भेष्टमेन्ट बैंकले उपलब्ध गराएको जस्ता पाता नेपाली कांग्रेस नुवाकोटका सचिव तथा अर्थमन्त्री डा. रामशरण महतका ‘पिए’ महतले काठमाडौ विक्री गर्न लागेको भन्ने समाचारको खण्डन गर्न आयोजित पत्रकार सम्मेलनमा प्रश्न गर्ने एमाओवादीका कविलासपुर गाविसका ईन्चार्ज कृष्ण बोहरा तथा कारोवार दैनिकका संबाददाता शिब बोहरामाथि भएको आक्रमण आक्रमण भएको थियो ।
बैकले नुवाकोटको कविलास गाविसका लागि राहत स्वरुप दिएको जस्तापाता काठमाडौं फर्काउादै गर्दा स्थानीयको नियन्त्रणमा परेको थियो । अर्थमन्त्रीकै आग्रहमा उपलब्ध गराएको भनिएको ४०० वन्डल जस्ता मध्ये २०० वन्डल काठमाडौं फर्काउादै गर्दा छहरेपुलमा नियन्त्रणमा परेको थियो ।