काठमाडौं, १८ जेठ
नेपाली कााग्रेसका उपसभापति रामचन्ऽ पौडेल र नेपालका लागि भारतीय राजदूत रणजीत रायबीच आज बिहान भेटवार्ता भयो ।
भेटमा उहााहरूबीच संविधान लेखन, मुलुकको पछिल्लो राजनीतिक अवस्था तथा भूकम्पपछिको अवस्था तथा नवनिर्माणबारे छलफल भएको थियो ।
भारतीय राजदूत रायले भूकम्पका कारण नेपालले झेल्नु परेको महाविपत्तिमा भारतले सक्दो सहयोग गरेको र अब हुने पुनर्निर्माण एवम् नवनिर्माणमा पनि हरसम्भव सहयोग गर्न आफ्नो मुुलुक तयार रहेको बताउनुभयो । नेपालमा आइपरेको विपत्तिमा भारत प्राविधिक, आर्थिक एवम् भौतिक सहयोग गर्न तयार रहेको राजदूत राय भनाई छ ।
भेटमा उपसभापति पौडेलले संविधान बनाउन राजनीतिक दलबीच सहमतिको प्रयास पुन: सुरु भएको बताउादै विपत्तिका बेला राहत, उद्धारलगायत काममा भारतले गरेको सहयोगप्रति आभार व्यक्त गर्नुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline