काठमाण्डौ, १८ जेठ ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा भाउ बढाउने निर्णय फिर्ता लिएको छ । आज रातिदेखि लागु हुने गरेर पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाा भाउ बढाउने घोषणा गरेको आयल निगमले त्यसको १ घन्टा पनि नवित्दै भाउ बढाउने निर्णय फिर्ता लिएको हो ।
निगमका प्रवक्ता मुकुन्द घिमिरेले भाउ बढाउने निर्णय सार्वजनिक भएलगत्तै धेरैतिरबाट आलोचना भएपछि मुल्यवृद्धि लागू नहुादै फिर्ता लिएको बताउनुभयो । देशका धेरै नागरिक भूकम्प प्रभावित भएको र सबैले राहत कुरिरहेको बेला पेट्रोलिय पदार्थको मुल्य बढाएर आहात दिन नहुने निष्कर्षमा निगम पुगेको उहााले बताउनुभयो ।
अब पुरानै भाउ अनुसार पेट्रोल लिटरको १ सय ९ तथा डिजल र मट्टितेल लिटरको साढे ८६ रुपैयाा पर्ने छ । निगमले हरेक १५ दिनमा अन्तर्रा्ष्टि्रय बजार भाउ अनुसार पेट्रोलिय पदार्थको भाउ समायोजन गर्दै आएपनि गएको चैत १८ गतेपछि मुल्य समायोजना भएको छैन ।