लिपु लेकका विषयमा भारत र चीनलाई सचेत गराउने छौं: विप्लव

लिपु लेकका विषयमा भारत र चीनलाई सचेत गराउने छौं: विप्लव

  • सोमवार, जेष्ठ १८, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

जेष्ठ १८ काठमाण्डौं ।
नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले गत महिना भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमणको क्रममा नेपाली भूमि लिपु लेकलाई व्यापारीक केन्द्र बनाउन भएको सहमतिबारे चीन र भारतलाई सचेत गराउने बताउनु भएको छ ।

उद्धार तथा राहतम खटिने आफ्ना  कार्यकर्ताहरुलाई आज विदाई गर्ने क्रममा महासचिव चन्दले नेपाली भूमिलाई विना जानकारी व्यापारीक केन्द्र बनाउने यो सहमति नेपालको सार्वभौम सत्ता र राष्ट्रियता प्रतिकुल हुने भन्दै यसमा के भएको हो जानकारी लिनु आवस्यक भएको बताउनु भएको छ ।

उहाले नेपालीहरु बरु भोकै बस्न तयार रहेको तर सहयोगका नाममा हुने कुनै पनि विदेशी हस्तक्षेप स्वीकार गर्न तयार नरहेको बताउनु भयो ।

यस अघि सरकारले चीन र भारतसग‘ लिपु लेकका विषयमा भएको सम्झौताबारे औपचारीक रुपमा जानकारी माग गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी