जेष्ठ १८ गोरखा ।
वैशाख १२ गतेको भूकम्पको केन्ऽबिन्दु गोरखाको बारपाकका बासिन्दाले विस्तृत गुरुयोजना बनाएर मात्रै नयाा घर बनाउने भएका छन् ।
१२ सय भन्दा बढी घरधुरीको बस्ती बारपाकका अधिकांश घर भूकम्पका कारण क्षतिग्रस्त भएका छन् ।
नयाा घर बनाउन चाहनेलाई पनि गुरुयोजना बनाइसकेपछि मात्रै घर बनाउन आग्रह गरिएको बारपाकका जीतबहादुर घलेले बताउनु भयो । पर्यटकीय गाउाको परिचय बनाएको बारपाकको पुरानो परिचय कायम राख्ने गरी नयाा ढंगबाट बस्ती विकासको योजना बनाउन थालिएको उहााको भनाई छ ।
गुरुयोजना निर्माणका लागि शहरी विकास मन्त्रालयलाई आग्रह गरिएको घलेले बताउनु भयो । अहिले त्यहााका आठ सय घरधुरी अस्थायी टहरा बनाएर बसेका छन् । बााकी ४ सय घरधुरीले पनि धमाधम अस्थायी टहरा बनाइरहेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline