काठमाण्डौ, १८ जेठ ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले कांग्रेस नेतृत्वको सरकार पूर्णरुपमा असफल भएको बताउनुभएको छ । उहाँले सरकार असफल भएकै कारण राष्ट्रिय सहमतिको सरकार उठान भएको बताउनुभयो ।
आज रफत सञ्चार क्लव भक्तपुरले गरेको साक्षत्कार कार्यक्रममा बोल्दै थापाले राष्ट्रिय सरकारको निर्माण काँग्रेस र एमालेमै निर्भर भएको बताउनुभयो । उहाँले एमाले र काँग्रेसले एकतालाई कायम गर्दै संविधान निमार्णमा अग्रसर बन्नु पर्नेमा जोड दिनुभयो ।
दुई तिहाई बहुमतको बलियो र स्थिर सरकार काँग्रेस र एमालेकै भएकाले राष्ट्रिय सहमतिको सरकार बनाउन पनि उनीहरुकै जिम्मेवारी रहेको थापाको भनाइ छ । उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीको भनाइ भाषणमै सीमित हुँदा सरकारको निर्णय पनि कागतमै सीमित बनेको छ ।
’उहाँले थप्नुभयोे भुकम्प पश्चातको तथ्याँक समेत सरकारसँग नभएको र हचुवाकै भरमा संकलन हुँदा देशी विदेशीले नपत्याएको बताउनु भयो । पद्धती र प्रणाली बिग्रनका साथै सरकारको प्रभाबकारीता अभाबकै कारण अन्तराष्ट्रिय समुदायले नपत्याउनु अर्को कारण भएको उहाँको भनाई थियो ।