“भुकम्पीय ध्वसंलाई निर्माणमा बदलौ, विपत्तिलाई समृद्धिको आधार बनाऔ“ : विप्लव

“भुकम्पीय ध्वसंलाई निर्माणमा बदलौ, विपत्तिलाई समृद्धिको आधार बनाऔ“ : विप्लव

  • सोमवार, जेष्ठ १८, २०७२
  • मिर्मिरे अनलाइन

  • 11.4K
    SHARES

काठमाडौ, १८ जेठ ।
नेत्र विक्रम चन्द ’विप्लव’ नेतृत्वको नेकपा माओवादीले विनासकारी भुकम्पबाट क्षतिग्रस्त क्षेत्रमा अर्को नयाँ अभियान टोलि पठाएको छ । “भुकम्पीय ध्वसंलाई निर्माणमा बदलौ, विपत्तिलाई समृद्धिको आधार बनाऔ“ भन्ने नाराका साथ सुरु भएको दोस्रो चरणको अभियानमा पाटी महासचिव विप्लवले पुर्ननिर्माण कार्यमा जाने टोलीहरुलाइ निर्देशन दिनु भयो ।

त्रिभूवन पार्क थानकोटमा भएको कार्यक्रममा बोल्नुहुदै विप्लवले भुकम्पको यो संकटपुर्ण अवस्थामा सरकारको मुख नताकि सबै राजनितीक दल एकजुट भएर राहत वितरण तथा पुर्ननिर्माण कार्यमा लाग्नुपर्नेमा जोड दिनु भयो ।

उहाँले हिमाली क्षेत्रमा अवस्थित बस्तिहरुलाई सुरक्षित स्थनमा सार्ने आफ्नो पार्टिको योजना रहेको समेत बताउनुभयो ।

त्यस्तै बिप्लबले भुकम्प पिडितको उद्धार तथा पुननिर्माणका क्रममा आफ्ना कैर्यौ कार्यकर्ता घाईते भएको प्रसङ्ग जोडनुहुँदै कतिपय दलका नेताहरु प्रचारमुखी मात्र हुन खोजेको भन्दै साचो अर्थमा जनताको सेवा गर्न लाग्न नेताहरुलाई सुझाव दिनु भयो ।
उहाँले यो शंकटको बेला खाली खुट्टामै भएपनी पुनर्निमाण कार्यमा खट्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।

यसैविच बिप्लबले बिपतको बेला बिदेशी सहयोग मान्य हुने तर सहयोगका नाममा राष्ट्रमाथी हुने हस्तक्षेप आफुहरुलाई रत्ति सैह्य नहुने बताउनु भयो ।  कार्यक्रममा भुकम्प प्रभावित १७ जिल्लाबाट फर्किएका करिब ७०० कार्यकर्ताहरुलाई प्रमाण पत्र सहित स सम्मान विदाइ गरिएकोे नेकपा माओवादीका प्रवक्ता खड्क बहादुर विश्वकर्मा प्रकाण्डले बताउनु भयो ।

पुरानो टोलीलाइ लाई विदाइ गरिए संगै माओवादीले प्रभावित क्षेत्रमा नया टोली खटाएको हो । माओवादीले भुकम्प प्रभावित १७ जिल्लामा राहत वितरण र पुर्न निर्माण कार्य जारी राखेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ