राज्य पुनरसंरचनाको बारेमा छलफल गर्न चार दलको बैठक बस्दै

राज्य पुनरसंरचनाको बारेमा छलफल गर्न चार दलको बैठक बस्दै

  • सोमवार, जेष्ठ १८, २०७२
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

काठमाडौ, १८ जेठ   ।

संविधानको मुख्य विवादित विषयका रुमा रहेको राज्य पुनरसंरचनाको बारेमा छलफल गर्न प्रमुख चार राजनितिक दलको बैठक आज बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान ९ बजे पछि बस्ने बैठकमा लामो समयदेखि दलहरुबीच सहमति हुन नसको विषय राज्य पुनरसंचनामा निर्णयक छलफल हुने बताइएको छ ।

सत्तारुढ कांग्रेस , एमाले, प्रमुख प्रतिपक्षी दल एकिकृत नेकपा माओवादी तथा मधेशबादी दलका शिर्ष नेताहरु सम्मिलित आजको बैठकले राज्य पुनरसंरचनाका बारेमा छलफल गरी निर्णयमा पुगिने एकिकृत नेकपा माओवादीका अध्यक्ष पष्प कमल दाहाल प्रचण्डले बताउनु भयो ।

दलहरुबीच मुख्य विवादित विषयका रुपमा रहेको राज्य पुनरसंरचनाका विषयमा सहमति हुन नसकेपछि पहिलो संविधान सभा विगठन भएको थियो ।

दोस्रो संविधानसभा निर्वाचनपछि ढेड वर्षसम्म पनि दलहरुले यस विषयमा सहमति जुटाउन सकेको छैन ।

अहिले सहमति जुटाएर फस्ट ट्रयाकबाट भएपनि संविधान जारी गर्नुपर्नेमा नेताहरुबीच एकमत देखिएको छ । यसैबीच चार दलको बैठकपछि एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाको बैठक बस्ने एमाओवादीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ