माओवादीले भुकम्प प्रभावित जिल्लामा अर्को अभियान टोली पठाउदै

माओवादीले भुकम्प प्रभावित जिल्लामा अर्को अभियान टोली पठाउदै

  • सोमवार, जेष्ठ १८, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

काठमाडौ, १८ जेठ ।

 नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले भुकम्प प्रभावित जिल्लामा दोस्रो चरणको उद्दार तथा पुनर्निर्माण अभियानामा खटिएका आफ्ना कार्यकर्ता फिर्ता बोलाएको छ ।

गत बैसाख १२ र २९ गते गएको महाँ विनासकारी भुकम्प ग्रस्त क्षेत्रमा खटिएका आफ्ना कार्यकर्ता फिर्ता बोलाएर उक्त क्षेत्रमा अर्को नयाँ अभियान टोलि पठाइने माओवादी जनाएको छ ।

विहान ९ बजे त्रिभवनपार्क थानकोटमा एक समिक्षा कार्यक्रमा गरी भुकम्प प्रभावित १७ जिल्लाबाट फर्किएका २५ ओटा अभियान टोलीका कार्यकर्ताहरुलाई प्रमाण पत्र सहित विदाइ गरिने नेकपा माओवादीका प्रवक्ता खड्क बहादुर विश्वकर्मा प्रकाण्डले बताएका छन् ।

प्रवक्ता प्रकाण्डका अनुसार आज उद्धारमा जाने कार्यकर्ताहरुलाई नेकपा माओवादीका महसचिव नेत्रविक्रम चन्द विप्लवले निर्देशन दिनेछन ।

निर्देशन पश्चात कार्यकर्ताहरुको टोली आजै प्रभावित क्षेत्रमा उद्धार र राहत र पुननिर्माण कार्यमा खटिने छन ।

विप्लव माओवादीले भुकम्प प्रभावित १७ जिल्लाहरुमा २५ ओटा अभियान टोली खटाएर उद्धार, राहत वितरण तथा पुर्न कार्य जारी राखेको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ