मेरो लागि यो सुन्दर ठाउ हो । झोउ गुअंशु भन्छिन् । उनले त्यसै गुफामा ७ बच्चालाई जन्म दिईन् पहिला पति पनि सगै गुफामा बस्न गएका थिए ।
तर छोरा छोरी ठूला भए , श्रीमान् पनि छाडेर बस्तीमा आए । तर पनि ती महिला अटेर गरी गुफामै बसिरहेकी छिन् ।
गिझोउ नामक पहाडमा प्राकृतिक रुपमा बनेको पहाडको गुफामा ती महिला एक्लै कसरी रात विताउछिन् । जब उनको उमेर नै अहिले ७८ वर्षको भएको छ ।
सरकारले १० वर्ष देखि घर निमार्ण गरेर दिदा समेत उनी वस्तीमा आउन मानिन् । ३ वर्ष पहिले देखि श्रीमान् पनि उनलाई छाडेर छोराछोरीसग‘ बस्न थाले पछि ती महिला एक्लै परेकी छन् । तर पनि उनी त्यो गुफा छाड्न तयार छैनन् किन कि उनलाई त्यो गुफा खुब सुरक्षित लाग्छ ।
मान्छको मन त हो है यो संसारमा सबै भन्दा ठूलो कुरा जे आफूले चाहेको छ त्यही नै मानिसलाई ठूलो र प्यारो लाग्छ । शायद ती वृद्ध महिलाका लागि पनि गुफा अहिले उत्तिनै प्यारो भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline

