काठमाण्डौ,१७ जेठ ।
राष्ट्रिय सरकार गठन तथा संविधान निर्माणका विषयमा केही दिनदेखि दलहरुले छलफललाई तीव्र बनाएका छन ।
आज बसेको तिन दलको बैठकले केही दिनमा संविधानका अन्र्तवस्तुमा सहमति गरेर संविधान निर्माण संगै राष्ट्रिय सरकार गठनको कार्यतालिका बनाउने निर्णय गरेका छन ।
सतारुढ दल नेपाली कांग्रेस, एमाले, प्रमुख प्रतिपक्षी एकीकृत नेकपा माओवादी र मधेशी मोर्चाका शिर्ष नेताहरुबीच भएको छलफलमा प्रक्रिया छोट्याएर संविधान जारी गर्ने र राष्ट्रिय सरकार गठन गर्ने सहमति भएको एक नेताले जानकारी दिएका छन ।
बैठकबाट बाहिरिदै एकिकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले आज भएको छलफल सकारात्मक रहेको र संविधानका विवाद टुंग्याएर नवनिर्माण तथा पुर्न्निर्माणका लागि छिटै सहमतिको सरकार बनाउन दलहरु तयार देखिएको बताउनु भयो ।
यस्तै संविधानसभाको आजका लागि बोलाएको बैठक सुचना टांसेर स्थगित गर्दै आगामी जेठ २० गतेका लागि बोलाउने सहमति पनि भएको छ ।