शनिबार राती फेरी अर्को धक्का महशुुुस गरिएको छ । राती १० बजेर १४ मिनेट जादा चितवनको भरतपूरलाई केन्द्र विन्दु बनाएर आएको ४.३ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।
विस्तारै भूकम्पका पराकम्पनका संख्या कम र धक्काहरु सामान्य हुदै गएपछि त्रिपालमा बसिरहेका मानिसहरु घरभित्र बस्न थालेका थिए ।
तर शनिबार राती आएको पराकम्पनले मानिसहरु फेरी घर अगाडीको खुला ठाउँमा राखिएका त्रिपालमा रात विताउन निस्किएका देखिए । केही मानिस भने केही बेर पछि पुन: घर परेका थिए । तर जनजीवन भने त्रसित बनाएको थियो ।
शनिबार रातीनै ८ बजेर ३५ मिनेटमा रसुवा र नुवाकोटलाई केन्द्रविन्दु ४ म्याग्निच्युडको भूकम्पको धक्का महसुस भएको भूकम्प मापन केन्द्रले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline