नुवाकोटमा रहस्यमय तरिकाले भयो राहतमा अनियमितता

नुवाकोटमा रहस्यमय तरिकाले भयो राहतमा अनियमितता

  • शनिबार, जेष्ठ १६, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

काठमाडौ,१६ जेठ ।

नेपाल इन्भेस्टमेन्ट बैंकद्धारा भूकम्पबाट क्षतिग्रस्त विद्यालयका लागि राहत स्वरुप नुवाकोट पठाएको जस्तापातामा अनियमितता भएको पाइएको छ ।

गत बिहीबार नुवाकोटको कबिलासमा झारिएको नेपाल इन्भेस्टमेन्टको लोगो अंकित झन्डै तीन सय बन्डल रंगीन जस्तापाता पिडितलाई वितरण नगरी बिक्रीका लागि काठमाडौं ल्याउँदै गर्दा स्थानीयले नियन्त्रणमा लिएपछि यस्तो तथ्य सार्वजनिक भएको हो ।

झन्डै ४५ लाख बराबरको जस्तापाता बिक्रीका लागि काठमाडौं ल्याउन खोजिएपछि थानसिंह स्थित छहरेमा राजनीतिक दलहरू र स्थानीयले नियन्त्रणमा लिएका छन् ।

राहतमा आएको जस्तापाता कांग्रेसका केही नेता तथा कार्यकर्ता मिलेर बिक्री गर्न खोजेको आरोप लगाउँदै स्थानीय प्रदर्शनमा उत्रिएका छन् ।

उता नुवाकोटका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले इन्भेस्टमेन्ट बैंकको लोगो टाँसिएको जस्तापाता आएको पाइए पनि कसरी र केका लागि आएको भन्ने जानकारी अहिलेसम्म आफूले नपाएको बताउनुभएको छ ।

यता बैंकका प्रमुख कार्यकारी अधिकृत पृथ्वीबहादुर पाण्डेले भने नुवाकोटमा स्थानीयको राहतका लागि बैंकले जस्तापाता नपठाएको बताउनुभयो ।

विद्यालयका लागि मात्रै बैंकले पठाएको जस्तापातामाथि कसरी चलखेल हुन पुग्यो भन्ने विषय रहस्यमय बनेको छ । यसबारे सत्यतथ्य छानविन गर्न राजनीतिक दल र स्थानीयहरुले माग गरेका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ