न्यायपरिषदको बैठक आज बस्दै

न्यायपरिषदको बैठक आज बस्दै

  • शनिबार, जेष्ठ १६, २०७२
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाडौ ,१६ जेठ ।

न्यायधिश नियुक्तिको सिफरिस बारे छलफल गर्न न्यायपरिषदको बैठक आज बस्दैछ । बिहान ११ बजेका लागि बोलाइएको आजको बैठकले सर्बोच्च अदालत सहित अन्य अदालतमा रिक्त रहेका न्यायधिश पदपूर्तिका लागि सिफरिस गर्ने स्रोतले जनाएको छ ।

केही दिनमै परिषदको अर्का सदस्य खेमनारायण डुङ्गानाको समेत कार्यकाल सकिने भएपछि परिषदले बिदाका दिन भएपनि न्यायधिश नियुक्तिको सिफरिस बारे छलफल गर्न बैठक बोलाइएको हो ।

यसअघि राजिनामा दिएका उपेन्द्र केशरी न्यौपानेको ठाउँमा बार एसोसिएसनले अर्को सदस्य पठाउन नसकेपछि एक सदस्य पद रिक्त रहेको अवस्थामा परिषदका अर्का सदस्य खेम नारायण डुङ्गानाको पनि पद अवधि आगामी मंगलबर सकिने भएपछि त्यसअघि नै न्यायधिश नियुक्ति सिफरिसका लागि परिषद जुटेको हो ।

डुङ्गानाको समेत पद अवधि सकिएमा न्यायधिश नियुत्ति प्रक्रिया अघि बढ्न नसक्ने भएपछि तत्काल सर्बोच्च, पुनरावेदन र जिल्ला अदालतमा रिक्त न्यायधिश नियुत्ति गर्ने परिषदको तयारी छ ।  हाल सर्बोच्चमा ३ स्थायी, पुनरावेदनमा २ र जिल्ला अदालतमा केही न्यायधिश पद रिक्त छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ