काठमाडौं, जेठ १६ ।
सरकारले पुरानो दैनिकीमा फर्कन सबैलाई आग्रह गरेको छ । भूकम्प पिडितलाई राहत वितरणको कार्य लगभग सकिएकाले उनीहरुलाई अब पुरानो दैनिकीमा फर्कन आग्रह गरेको हो ।
भविष्यमा हुने संकट समाधानको लागि पनि अब भूकम्पको पीडाबाट निस्केर दैनिकीमा फर्कनुपर्ने र त्यसका लागि प्रशासनिक निकाय पनि सक्रिय हुनुपर्ने गृह मन्त्रालय अन्तर्गतको विपत् व्यवस्थापन महाशाखा प्रमुख रामेश्वर दंगालले बताउनुभयो ।
भूकम्पका कारण घर भत्किएर महत्वपूर्ण कागजपत्र हराएकाले अब त्यो वितरणमा प्रशासनिक क्षेत्र जुट्नुपर्ने उहाँको भनाई छ । यस्तै व्यक्तिको घर जग्गाका कागजपत्र हराएपनि सरकारसँग त्यसको प्रमाण हुने भएकाले आत्तिनु पर्ने अवस्था नरहेको उहाँको भनाई छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline