काठमाडौ, १६ जेठ ।
सरकारले भुकम्पबाट ध्वस्त भएका गााउ तथा सहरका लागि वैकल्पिक बस्ति विकास शिवेष अध्ययन सुरु गर्ने भएको छ ।सहरि बिकास मन्त्रालयको संयोजकत्वको अध्ययन तथा अनुसन्धान टोलीले भुकम्पबाट ध्वस्त देशभरका संरचनाको तथ्यांक विश्लेषणपिछ वैकल्पिक वस्ति विकासको ‘स्विच’ तयार हुनेछ ।
एकिकृत/वैकल्पिक बस्ति विकास नाम लिइएको अध्ययन टोलीमा यातायात तथा भौतिक विकास मन्त्रालय, संघिय मामिला तथा स्थानीय विकास मन्त्रालय , खानी तथा भूगर्भ विकास विभाग, भुमिसुधार तथा व्यवस्था मन्त्रालय र काठमाडौ उपत्यका विकास प्राधिकरणका विशेषज्ञ रहनेछन ।
टोलीका संयोजक सहरि विकास मन्त्रालयका सहसचिव पदमकुमार मैनाली रहेका छन ।
संयोजक मैनालीका अनुसार टोलीले विस्तृत काम असारबाट सुरु गर्नेछ । विभिन्न मन्त्रालयका प्रतिनिधिहरु सहभागी रहेको उक्त टोलीले अध्ययन पछि वैकल्पिक विकासको नक्सा तयार गर्नेछ र वस्ति विकासका लागि सरकारसमक्ष सिफिारिस गर्नेछ ।
यसैका आधारमा नयाँ तथा वैकल्पिक बस्ति विकास हुनेछ ।