पुननिर्माण र पुनस्थापनाका लागी सरकारले नयाँ प्याकेज ल्याउनु पर्नेमा अर्थबिदहरुको जोड

पुननिर्माण र पुनस्थापनाका लागी सरकारले नयाँ प्याकेज ल्याउनु पर्नेमा अर्थबिदहरुको जोड

  • शुक्रबार, जेष्ठ १५, २०७२
  • मिर्मिरे अनलाइन

  • 11K
    SHARES

काठमाण्डौ, १५ जेठ nefij
देशको आर्थिक समृद्धिको मुदामा जोड दिदै भुकम्प पछिको पुन निर्माण र पिडितको पुनस्थापनाका लागी सरकारले नयाँ प्याकेज ल्याउनु पर्ने अर्थबिदहरुले बताएका छन् ।

नेपाल आर्थिक पत्रकार संघ नाफिजको तेस्रो महासभामा बोल्दै उनीहरुले सो कुरा बताएका हुन । अर्थविद डा. डिल्रिाज खनालले यो बिपत्तिको समयमा मौन नरही प्रलयलाई शक्तिमा बदल्नु पर्नेमा जोड दिनुभयो ।

त्यस्तै बरिष्ठ अर्थबिद बिश्वम्बर प्याकुरेलले खस्कदो नेपालको अर्थतन्त्रलाई प्रलयले झन धरासागी बनाएकोमा चिन्ता ब्यक्त गर्नुभयो । त्यस्तै योजना आयोगक पुर्वउपाध्यक्ष दिपेन्द बहादुर क्षेत्रीले प्राकतिक प्रंलयको बेला अल्प मध्य र दिर्घकालिन गरिने कार्र्यक्रमको स्पष्ट खाका बनाईनु पर्ने बताउनुभएको छ ।

काठमाण्डौको अनामनगरमा आज सम्पन्न महासभाले प्रकाश चन्द्र सापकोटाको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्य समिती सर्वसम्मतले चयन गरेको छ । जसका उपाध्यक्षमा राजाराम कार्कि, किरण मरहठा, महासचिवमा ईन्द्र बानियाँ, सचिवमा अमृत काफ्ले, सहसचिवमा चन्दा कुमारी कार्कि, कोषाध्यक्षमा महेश घिमिरे चयन हुनुभएको छ ।

त्यस्तै समितीका सदस्यहरुमा सृजना तिमिल्सेना, नारायण पंगेनी, मेनुका कार्कि, माधव निर्दोश, ज्ञान बास्तोला लगायतका सदस्यहरु चयन हुनुभएको छ । सो अवसरमा बिभिन्न सञ्चार माध्याममा कार्यरत पत्रकारहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी