काठमाण्डौ,१५ जेठ ।
एकिकृत नेकपा माओबादीका अध्यक्ष पुष्पकमल दाहालले प्रमुख दलहरु सबै मिलेर सहमतिका आधारमा राष्ट्रिय सरकार बनाउनुपर्ने बताउनु भएको छ ।
किराँत गणतन्त्र टावर निर्माणका लागि आर्थिक सहयोग अभियानको आज राजधानीमा उदघाटन गर्दै उहाले यस्तो बताउनु भएको हो । बिपत्तीको अबस्थालाई सामान गर्न सबै एक जुट हुनुपर्नेमा उहाको जोड थियो ।
अध्यक्ष दाहालले राष्ट्रिय सरकार वृहत् सहमतिका आधारमा हुनुपर्ने र यसको मोडालिटीबारे शीर्ष तहमा छलफल भइरहेको जानकारी दिनुभयो । उहाले केही मन्त्रीमा हेर फेर हुदैमा राष्ट्रिय सरकार बन्न नसक्ने जिकीर पनि गर्नुभएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline