काठमाडौ, १५ जेठ ।
आज आठौ गणतन्त्र दिवस । वि.सं. २०६५ जेठ १५ गते आजकै दिन जननिर्वाचित संविधान सभाको पहिलो बैठकले निरंकुश राजतन्त्रको अन्त्य गरी गणतन्त्र नेपालको घोषणा गरेको थियो ।
यसै दिनको सम्झनामा हरेक वर्ष जेठ १५ गते गणतन्त्र दिवस मनाइन्छ ।
दिवसका अवसरमा सरकारले हरेक वर्ष राजधानीको सैनिक मन्च टुडिखेलमा औपचारिक कार्यक्रम गर्दै आएकोमा यस वर्ष भने कुनै औपचारिक कार्यक्रम नगर्ने भएको छ ।
विनाशकारी भूकम्पका कारण देशमा ठूलो जनधनको क्षति भएको र देश शोकमा रहेकाले यसपालीको गणतन्त्र दिवस उत्सवको रुपमा नमनाउने निर्णय गरेको हो ।
मुलुकमा गणतन्त्र स्थापनापछि प्रत्येक वर्ष राष्ट्रपति डा. रामवरण यादवले आयोजना गर्दै आएको स्वागत तथा जलपान समारोह पनि यस वर्ष नहुने भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline