गणतन्त्रको सात वर्ष: के पाए जनताले ?

गणतन्त्रको सात वर्ष: के पाए जनताले ?

  • बिहिबार, जेष्ठ १४, २०७२
  • मिर्मिरे अनलाइन

  • 12.9K
    SHARES

१० वर्ष लामो माओवादी जनयुद्ध र तात्कालीन सात राजनीतिक दलको सहभागीतामा ६२/६३ सालमा एक भएको जनआन्दोलनले अन्तत: गणतन्त्र त ल्यायो तर यो व्यवहारमा भन्दा बढी सिद्धान्तमा मात्रै सावित भएका छन् । जनताको आर्थिक तथा सामाजिक समस्यामा खास कुनै वदलाव आएन । यस बीचमा भ्रष्टाचार, सामाजिक असुरक्षा र दलीय खिचातानी व्यापक मात्र भएन व्पापक मात्रामा वैदशिक राजनीतिक शक्तिहरुको गतिविधि तीव्र बन्यो । सविधान समेत ल्याउन नसकेका दलहरु भूकम्प पछि फेरी राहतको पोका देखि सत्ताको ढोका सम्म बार्गेनिङ र भागवण्डा खोजिरहेको दृष्यले उनीहरुको असफलता प्रमाणित गरीरहेको छ र जनताहरुमा उनीहरुप्रति निराशा तीव्र हुदै गएको छ । जेष्ठ १५ गते सविधान सभाको पहिलो बैठकले गणतन्त्र घोषणा भए पछि हाल सम्म पनि जनतालाई अनूभूति हुने कुनै ठोस कदम राज्यले चाल्न सकेन ।

‘धेरै राजा जन्मिएको जनगुनासो’
गणतन्त्र ल्याउन गिरीजा प्रसाद कोईराला–प्रचण्ड सहितका नेता देखि रुबीन गन्दर्व र कवि कलाकारहरु धेरैको भूमिका रहेको थियो । अहिले ८ वर्षदेखि अस्पतालको शैयामा जीवन विताईरहेका घाईते मुकेश कायस्थ देखि जीवन विताएका परिवारका आफन्तहरुको मनमा यो गणतन्त्रले शान्ति दिन सकेको छैन ।
कारण जे उदेश्यका साथ जनता आन्दोलनमा उत्रिए त्यो अनुसार परिवर्तनको महसुस जनताले गर्न सकेनन् ।
अहिले २ पटक सविधान सभाको निर्वाचन हुदा समेत न्युनतम सविधान जारी गर्न नसके पछि र सत्ताकै भागवण्डामा दल र तीनका नेताहरु रुमलिरहे पछि जनताले अहिले एउटा राजा फालेर आफूहरुले धेरै राजा जन्माएकोले दुख: पाएको गुनासो गर्न थालेको देखिन्छ । चिया चौतारीदेखि मेलापात सम्म पनि जनताको यो गुनासो सर्वत्र देखिएको छ ।

पटक पटक सरकार फेरीनु गलत
हामीले यो पङिक्त लेख्दै गर्दा एक पटक फेरी नया सरकारको तयारी गरिदै गरेको चर्चा छ ।
त्यसमा परस्पर विरोधी टकराव देखिएका एमाले अध्यक्ष केपी शर्मा ओली र एमाओवादी अध्यक्ष प्रचण्डबीच सत्तासमीकरण मिलाउन व्यापक मात्रामा मिटिङहरु भईरहेका छन् र फेरी भूकम्पले जनता आक्रान्त भएका बखतमा सरकार परिवर्तनको खेलले जनतामा निराशा पैदा गरेको छ ।
भूकम्प प्रभावित जिल्लाका दुर्गम क्षेत्रमा जनताले नाना, दाना र छाना नपाएको बेला सिंहदरबारमा नया दौरासुरुवाल लगाउने मान्छेको खोजी हुनु जनताको लागि दुखद: कुरा हैन ? तर कोईराला असफल भएका मामलामा भने सकारात्मक तरीकाबाट सरकार परिवर्तनको बाटो खोल्नु एक विकल्प भने अवस्य हुन सक्थ्यो ।
गणतन्त्र आए पछिका पहिला प्रधानमन्त्री थिए एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल उनी ९ महिना प्रधानमन्त्री भए तर तात्कालीन प्रधानसेनापति रुकमाङगत कटुवाल प्रकरणका कारण उनको सत्ता यात्रा छोटो समयमा विश्राम लिन पुग्यो ।
त्यस पछि माधव कुमार नेपालले फेरी गणतन्त्रको दोस्रो प्रधानमन्त्रीको रुपमा सत्ताको साचो सम्हाले तर पनि त्यो त्यति फलदायी भएन किन भने उनीमाथि राजालाई दाम चढाएर ढोग गरेको आरोप पनि थियो जनस्तरमा ।
त्यस पछि एमालेको तर्फबाट झलनाथ खनालको नेतृत्वमा सरकार चल्यो र बाबुराम भट्टराईको नेतृत्वमा मधेशवादी सहितको सरकार बन्यो जसले ठूलो विरोधका बीच १८ महिना सत्ता चलायो । यसै कालमा सविधान सभाको विघटन भए पछि
प्रधानन्यायधीश खिलराज रेग्मीले फेरी सत्ताको दोहोरो स्वाद लिए । दोस्रो सविधान सभाको चुनाव पछि शुसील कोईरालाको पोल्टामा परेको सत्ता अहिले सम्म कसैले खोसीसकेको छैन तर त्यस्तो दिन नजिकिएको संकेत हसिया हथौडाले दिदै भने छ ।
यसरी समग्रमा हेर्दा ८ वर्ष भित्र पाच पटक सरकार परिवर्तन भएको छ ।
यो बीचमा जुनसुकै नेतृत्व र सरकार भए पनि जनताको आधारभूत अधिकार र हित एवं राष्ट्रिय महत्व राख्ने खास कुनै दुरगामी निर्णय र प्रभाव देखिदैन ।
यसर्थ यहा संस्कार अलि बुढो भए पछि र ठूलो पार्टीको चर्चित नेता भए पछि स्वर्गमा जानु अघि सत्ताको सगुन खानै पर्छ भने जस्तो तरीकाबाट पालै पालो प्रधानमन्त्री र राष्ट्रपतिको कुर्सी खोज्न मात्र लाग्नुप्रति जनस्तरबाट राम्रो सन्देश आउन सक्ने संभावना कम छ ।

 

विग्रियो माओवादी , सच्चिएन कॉग्रेस एमाले
जनवादी गणतन्त्र हुदै समाजवाद र साम्यवादको नारा लगाएर हजारौ मानिसहरुको ज्यान जाने गरी दशक लामो युद्ध पछि २०६३ असार २ गते बालुवाटारमा एउटै सफारीको ड्रेसमा प्रवेश गरेका प्रचण्ड बाबुरामहरुको अहिलेको जीवनशैली दिनचर्यामा पूर्णत परिवर्तन आयो ।
विभिन्न डिनर र लञ्चका नाममा व्यापारी देखि विदेशी प्रतिनिधिहरुसग‘ भेटघाट , उठबस र सल्लाह सुझावले अन्तत: माओवादी आफैले गाली गर्दै आएको एमालेकरणको दिशामा यति तीव्र भयो कि उसले नेपालको सिमानाको मामलामा जनमत संग्रह समेत गर्ने र खिलराज रेग्मीलाई प्रधानमन्त्री बनाउने प्रस्ताव सम्म गर्नु र आफैमा विभाजित हुनुले माओवादी दोस्रो सविधान सभामा तेस्रो शक्तिको रुपमा आए पछि युद्धका बेला नायक सावित भएका प्रचण्ड अहिले दाया बाया खेलाडीका रुपमा मात्र चिनिन थालेका छन् ।
प्रचण्ड नेतृत्वको यही कमजोरीका कारण वैद्य हुदै अहिले नेत्र विक्रम चन्द नेतृत्वमा नया माओवादीको गठन मुख्य माओवादी नेतृत्व विग्रिएको प्रमाणकै रुपमा आएको छ । द्धन्दकालमा जनतामा व्यक्त गरेका प्रतिवद्धताहरु कार्यन्वयन समेत गर्न नसक्नु उनीहरुको ठूलो कमजोरी हो ।
एकातिर माओवादी त विग्रिए तर गणतन्त्रले काग्रेस र एमालेलाई पनि सपारेन । पहिला राजालाई विन्ती पेश गरेर प्रधानमन्त्री हुन बानी परेका उनीहरु गणतन्त्रमै एक हिशाबले युवा नेता , कार्यकर्ता र जनताको प्रेसरका कारण आएका थिए । उनीहरुको संस्कार, व्यवहार र सत्ताको नेतृत्व क्षमता र जनताको हितमा काम गर्नु भन्दा पार्टी समुह र आफ्नो दुनो मात्र सोझ्याउने काममा लागेको आरोप उनीहरुमाथि छ । किनकि ४६ साल पछि लामो समय सरकारमा रहेका उनीहरुबाट आधारभूत सामाजिक परिवर्तन भएन बरु भएका राष्ट्रिय सम्पत्ति र पूजीहरुको निजीकरण गरेर देशको अर्थतन्त्र थप कमजोर बनाएको दोष पनि उनीहरुमाथि छ ।

 

नेता झन असफल देखिए भूकम्प पछि

दलका नेताहरुलाई जनताले परिक्षण गर्ने अर्को मौका थियो महाभूकम्प । गत बैशाख १२ गतेको शक्तिशाली भूकम्प पछि हजारौ नागरिकको जीवन गयो , दशौ हजार घाईते छन् । अझै सयौ वेपत्ता छन् । धरहरा देखि धेरै सांस्कृतिक सम्पदाहरुको विनाश मात्र भएन ठूला ठूला संरचना र लाखौं जनताको घरहरु भग्नावषेशमा परिणत भए पछि सरकार र पार्टीहरुले राहत र उद्धारमा धेरै काम गर्लान भन्ने आशा जनताले गरेका थिए ।
तर जनताले त्यतिखेर नेताहरुलाई सरापे जतिखेर गोरखादेखि दोलखासम्मका गाउ गाउमा जनता जीवन मरणको दोषाधमा पीडा झेलिरहेका बेला त्रिपाल बोकेर सभासद्हरु लस्करै भिडियोमा देखिन थाले पछि । अहिले कर्जा देखि राहत सम्ममा जनताले नेताका हुति देखे पछि उनीहरुमा अर्को निराशा बढेको देखिन्छ ।
नवदलिएको ब्युरोक्रेसी
वास्तवमा कर्मचारी तन्त्र जुन राणाकालीन व्यवस्था र पद्धतिमा आधारीत थियो , त्यसमा गणतन्त्रले पनि धेरै परिवर्तन गरेको देखिएन । पहिला कापीमा हाजिर गरेर हिड्थे भने अहिले डिजिटल मेसिनमा हाजिर गर्ने र फेरी पनि हाजिर गरेर हिड्ने प्रचलन विद्यमान देखिन्छ । यद्यपि सबैमा हैन तर बहुसंख्यामा र नियमावलीका नाममा सरकारका कतिपयन निर्णय र आदेशहरु समेत लम्ब्याउने र असफल पार्ने काम व्युरोक्रेसीले गरेको देखिन्छ । यसरी हेर्दा नेपालको कमृचारी तन्त्र पूर्णत परिवर्तनको सहयोगी निकायको रुपमा देखिएन । हस हजुर भन्ने मुखले तर व्यवहारमा फाईल बनाउनु पर्ने खास समयमा त्यसलाई लुकाउने या विदामा बस्ने र अटेर गर्ने शैली अझै पनि तल सम्म देखिन्छ कर्मचारीहरु भित्र ।

यसको विकल्प फेरी राजतन्त्र भने होईन
गणतन्त्रले केही पनि दिएन भन्नुको अर्थ राजतन् त्रमै जाउ भन्ने मानिसको मानसिकता भने देखिदैन । उनीहरुको के बिचार सम्म देखिन्छ भने यीनै नेताहरु सुध्रिएर नया काम होस् , राम्रो काम होस् । पूर्व राजा वीरेन्द्रको बंशनाश पछि आएका ज्ञानेन्द्र शाह र उनको परिवार खासगरी पारस शाहको व्यवहार र प्रवृतिप्रति जनता सकारात्मक छैनन् । त्यस कारण राजतन्त्र जनताको चाहना हैन । तर नेताहरुले आफूलाई पूर्ण शासककै रुपमा सम्झिरहे पनि कुनै नया राजनीतिक शक्तिको उदय निकट भविष्यमा हुदै जाने कुरा नजिक आउने छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी