राष्ट्रपतिले आज साझ भिडीयो सन्देश दिने

राष्ट्रपतिले आज साझ भिडीयो सन्देश दिने

  • बिहिबार, जेष्ठ १४, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

काठमाडौँ ,१४ जेठ ।
राष्ट्रपति डा. रामवरण यादवले मुलुकमा प्राकृतिक विपत्तिपछिको अवस्था र गणतन्त्र दिवसका अवसरमा आज साँझ भिडियो सन्देश दिनु हुने भएको छ । राष्ट्रपतिले सो सन्देश साँझ ७ बजे शीतल निवासबाट दिने उहाका प्रेस सल्लाहकार राजेन्द्र दाहालले जानकारी दिनुभयो ।

राष्ट्रपति यादबले यसअघिका गणतन्त्र दिवसमा जेठ १५ मा लिखित सन्देश दिँदै आउनु भएका थिए । तर यसबर्ष भने राष्ट्रपति यादबले भिडियो सन्देश दिन लाग्नु भएको हो । भूकम्पकबाट भएको क्षतिबारे केही दिनयता राष्ट्रपतिले स्थलगत अवलोकनलाई निरन्तरता दिदै आउनु भएको छ ।

मुलुकमा प्राकृतिक विपत्ति परेपछि  सरकारले मितव्ययिता अपनाउने निर्णय गरेकाले यस पटक भने गणतन्त्रका अबसरमा चियापान लगायतका कार्यक्रम पनि नगर्ने जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी