काठमाडौं, १४ जेठ ।
प्रमुख विपक्षी एकीकृत नेकपा माओवादीले सत्तारुढ दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई केन्द्रमा राखेर भावी राष्ट्रिय सहमतिको सरकार गठन पहल सुरु गरेको छ
।
दाहाल निकटस्रोतका अनुसार संविधान निमार्णको सर्तमा अध्यक्ष दाहालले दुई मोडल प्रस्ताव गरेर सहमतीय सरकारका लागि पहलकदमी थालेका हुन।
ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा स्वीकार गरेर अघि जान एमाओवादी सहमत भएपछि दाहाल–ओलीबीच दर्जनौँ आन्तरिक छलफल भइसकेका छन।
सत्तारुढ दल नेपाली कांग्रेस–एमालेबीच सहमतीय सरकारको स्वरुपबारे सहमति हुन नसक्दा छलफल अन्योलग्रस्त बन्न पुगेको गजुरेलको भनाइ छ ।
माओवादी बुझाइमा पहिलो मोडलमा कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा र बहालवाला कांग्रेसका केही मन्त्री भने असहमत देखिँदै आएका छन्। यद्यपि, प्रधानमन्त्री, ओली र दाहालबीच भने यो मोडलमा लगभग सैद्धान्तिक सहमति जुटिसकेको छ ।
वार्तामा संलग्न कांग्रेसका एक नेताका अनुसार संविधान निर्माण, भूकम्पबाट उत्पन्न परिस्थिति र स्थानीय निर्वाचनलाई सम्बोधन गर्न दाहालसँग मन्त्री आचार्यको भेट भएको थियो।
त्यसैगरी, राष्ट्रिय सहमति सरकारमा ओली नेतृत्व स्वीकार गर्दै दाहालले प्रस्ताव गरेको दोस्रो मोडलमा व्यवस्थापिका संसदकै सबैभन्दा ठूलो दल कांग्रेस समावेश नहुने संकेत गरेको छ।
ओलीका नाममा एमाओवादी नेता बाबुराम भट्टराईको पनि विमति नरहेको उनका प्रेस सहयोगी विश्वदीप पाण्डेले जानकारी दिए । आफू त्यस्तो सरकारको नेतृत्व नगर्ने प्रस्टाउँदै भट्टराईले पूर्वप्रधानमन्त्रीमध्ये कोही पनि भावी सहमतीय सरकारको नेतृत्व गर्न जान नहुने धारणा राख्दै आएका छन्
।
तेस्रो ठूलो दल माओवादीसहित प्रतिपक्ष दलले पहिलो विकल्पमा कोइरालाको नेतृत्व र दोस्रो विकल्पमा ओलीलाई समर्थन जनाउन सकिने भन्दै छलफल र वार्ता अघि बढाएपछि देउवा र माधवकुमार नेपाल भने भावी प्रधानमन्त्रीको दौडबाट ओझेल परेका छन्।
।
‘पहिलो सहमति जुटाएर चाँडै संविधान जारी गर्ने, दोस्रो स्थानीय निकायको निर्वाचन अविलम्ब गराउने, तेस्रो भूकम्पपछिको राहत र पुनर्निमार्णमा ध्यान दिनेसहित चौथो ठूला परियोजना बनाउन पहल लिइहाल्ने,’ नेपालले भने, ‘यी चार अजेन्डा पूरा गर्न सहमतीय सरकारको आवश्यक परेको हो, यसैमा बढी केन्द्रित हुनुपर्छ, नत्र नाम मात्रको सरकार काम छैन
।’
महाभूकम्पपछि राजनीतिक दलबीच देखा परेको एकतालाई सदुपयोग गर्दै अविलम्ब सहमतीय सरकार बनाउन पहलकदमी थाल्नुपर्ने उनको भनाइ छ ।